कर्पोरेट डेलभपमेन्ट बैंकको हकप्रद शेयर शुक्रवारदेखि विक्री खुला

माघ ६, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले शुक्रवार (माघ ७ गते) देखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ : १.५ अनुपातमा रू. १०० अंकित दरको ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  यस हकप्रद शेयरमा आवेदकले माघ २७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि पुस २६ गते (एक दिन) बुक क्लोज गरिसकेको छ ।  यस आधारमा पुस २५ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । साथै मेरो शेयरबाट हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।  हाल कम्पनीको चुक्तापूँजी रू. २० करोड रहेको छ । उक्त हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको पूँजी रू. ५० करोड पुग्नेछ । 

सम्बन्धित सामग्री

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर सूचीकृत

जेठ ६, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट  बैंकको हकप्रद शेयर शुक्रवार नेप्सेमा  सूचीकृत भएको छ ।  कम्पनीको ३० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब यो शेयर लगानीकर्ताले सोमवारदेखि खरीदविक्री गर्न सक्नेछन् ।  कम्पनीले २०७८ माघ ७ गतेदेखि २७ गतेसम्म निष्कासन गरेको १५० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर खरीदका लागि आवेदन दिने आज अन्तिम दिन

फागुन १३, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयर खरीदका लागि आवेदन दिने आज (शुक्रवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले माघ ७ गतेदेखि १५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो ।  यो हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले पुस २६ गते (एक दिन) बुक क्लोज गरेकाले पुस २५ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन योग्य भएका छन् ।  कम्पनीले १ बराबर १ दशमलव ५ कित्ता शेयरको अनुपातमा रू. ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २० करोड रहेको छ । संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व रहेको यस कम्पनीको हकप्रद पश्चात चुक्तापूँजी रू. ५० करोड पुग्नेछ ।  कम्पनीको अधिकृत पूँजी रू. ६४ करोड र जारी पूँजी रू. ५० करोड रहेको छ । हकप्रद पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम हुनेछ । यो हकप्रद शेयर विक्री प्रबन्धमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुसँगै मेरो शेयर मार्फत पनि यो शेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।  कम्पनीको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस आईएस रेटिङ प्रदान गरेको छ । आर्थिक वर्ष ०७९/८० सम्ममा कम्पनीले चुक्तापूँजी रू. ५५ करोड कायम गर्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले रू. ११ लाख ५५ हजार खुद नाफा गरेको छ भने जगेडा कोष रकम रू. १४ करोड १६ लाखभन्दा बढी छ ।  वार्षिक प्रतिशेयर आम्दानी रू. १ दशमलव १३ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव ९२ छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर खरीदका लागि आवेदन दिने अवधि थप

माघ २७, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेदेखि  निष्कासन गरेको १५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप भएको छ ।  कम्पनीले यसअघि माघ २७ गतेसम्मको अवधि तोकेकोमा सो अवधि बढाएर फागुन १३ गतेसम्म कायम गरेको हो । यो हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले पुस २६ गते (एक दिन) बुक क्लोज गरेकाले पुस २५ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन योग्य भएका छन् ।  कम्पनीले १ बराबर १ दशमलव ५ कित्ता शेयरको अनुपातमा रू. ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २० करोड रहेको छ । संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व रहेको यस कम्पनीको हकप्रद पश्चात चुक्तापूँजी रू. ५० करोड पुग्नेछ ।  कम्पनीको अधिकृत पूँजी रू. ६४ करोड र जारी पूँजी रू. ५० करोड रहेको छ । हकप्रद पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम हुनेछ । यो हकप्रद शेयर विक्री प्रबन्धमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुसँगै मेरो शेयर मार्फत पनि यो शेयर खरीदका लागि आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस आईएस रेटिङ प्रदान गरेको छ । आर्थिक वर्ष ०७९/८० सम्ममा कम्पनीले चुक्तापूँजी रू. ५५ करोड कायम गर्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले रू. ११ लाख ५५ हजार खुद नाफा गरेको छ भने जगेडा कोष रकम रू. १४ करोड १६ लाखभन्दा बढी छ ।  वार्षिक प्रतिशेयर आम्दानी रू. १ दशमलव १३ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव ९२ छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने म्याद थप

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड माघ ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन खुला गरेको थियो। सो हकप्रद शेयरका लागि लगानीकर्ताले अब फागुन १३ गतेसम्म आवेदन दिन सक्नेछन्। यसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गरेको हो। हकप्रद निष्काशनका लागि बैंकले पुस २६ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार पुस २५ ग...

माघ ७ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै कर्पोरेट डेभलपमेण्ट बैंक

माघ ४, काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकले माघ ७ गते देखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले १:१.५ अनुपातमा रू. १०० अंकित दरको ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यस हकप्रद शेयरमा आवेदकले माघ २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि पुस २६ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस २५ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।  विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । साथै, मेरो शेयरबाट हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. २० करोड रहेको छ । उक्त हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको पूँजी रू. ५० करोड पुग्नेछ ।

४ ओटा  कम्पनीको २ करोड ४२ लाखभन्दा बढी हकप्रद शेयर स्वीकृतिको पर्खाइमा

पुस ३०, काठमाडौं । चार ओटा कम्पनी कुल २ करोड ४२ लाख २२ हजार ३९० दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका छन् ।  नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै चार ओटा कम्पनी आईपीओ ल्याउने तयारीमा रहेका हुन् । शिखर इन्स्योरेन्स कम्पनीले १०:३ अनुपातमा रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि जेठ २५ गते निवेदन दिएको हो ।  विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । त्यसैगरी, आइएमई जनरल इन्स्योरेन्स कम्पनीले १०:४ अनुपातमा ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बार्डमा भदौ १७ गते निवेदन दिएको हो ।  विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । त्यसैगरी, अपि पावर कम्पनीले १:०.३९ अनुपातमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि असोज २५ गते निवेदन दिएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  नेपाल फाइनान्स लिमिटेडले १:०.७० अनुपातमा ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि कात्तिक १ गते निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यी चारओटै कम्पनीलाई समीक्षा र टिप्पणी पठाइसकेको छ ।  आवश्यक प्रक्रिया पूरा गरेर बोर्डबाट स्वीकृति पाएपछि मात्र यी चार कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछन् ।  असोज महीनादेखिनै नियामक निकाय नेपाल धितोपत्र बोर्ड नेतृत्व बिहान भएसँगै आईपीओ लगायत हकप्रद शेयर निष्कासनका लागि स्वीकृत दिने प्रक्रिया ढिलाइ भएको हो ।  पछिल्लो समय सर्वोत्तम सिमेन्ट शेयर खरीद प्रकरणमा मुछिएपछि धितोपत्र बोर्डका अध्यक्ष भिक्ष्मराज ढुङ्गाना बर्खास्त भएका थिए । दुई कम्पनीले भने हकप्रद शेयर निष्कासनको मिति तय गरिसकेका छन् ।  नारायणी डेभलपमेण्ट बैंकले भने पुस ७ गतेदेखि रू. १०० अंकित दरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ । यो हकप्रद शेयरमा आवेदकले माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।  विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । कर्पोरेट डेभलपमेण्ट बैंकले माघ ७ गतेदेखि ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको हकप्रद शेयर निष्कासन बन्द मिति माघ २७ गतेसम्म रहेको छ ।  विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । साथै मेरो शेयरबाट हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि पुस २६ गते एक दिन बुक क्लोज गरेको हो । यस आधारमा पुस २५ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कर्पोरेट डेभलपमेन्ट बैंकको १५० % हकप्रद शेयर सुरक्षित गर्ने आइतवार अन्तिम दिन

पुस २५, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेदेखि  निष्कासन गर्न लागेको १५० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने पुस २५ गते आइतवार अन्तिम दिन रहेको छ ।  कम्पनीले पुस २६ गते एक दिन हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोज गर्न लागेकाले पुस २५ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन योग्य हुने भएका हुन् ।  कम्पनीले १ बराबर १ दशमलव ५ कित्ता शेयरको अनुपातमा रू. ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २० करोड रहेको छ । संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व रहेको उक्त कम्पनीको हकप्रद पश्चात चुक्तापूँजी रू. ५० करोड पुग्नेछ ।  कम्पनीको अधिकृत पूँजी रू. ६४ करोड र जारी पूँजी रू. ५० करोड रहेको छ । हकप्रद पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम हुनेछ । यो हकप्रद शेयर माघ २७ गतेसम्म विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ । यो शेयर विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुसँगै मेरो शेयरमार्फत पनि यो शेयर खरीदका लागि आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस आईएस रेटिङ प्रदान गरेको छ । आर्थिक वर्ष ०७९/ ८० सम्ममा कम्पनीले चुक्तापूँजी रू. ५५ करोड कायम गर्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको रू. ११ लाख ५५ हजार खुद नाफा रहेको छ भने जगेडा कोष रकम रू. १४ करोड १६ लाखभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १ दशमलव १३ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव ९२ छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकले माघ ७ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै

पुस १८, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ दशमलव ५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गर्ने भएको हो । हकप्रद निष्कासनका लागि कम्पनीले पुस २५ गते बुक क्लोज गर्नेछ । यसअनुसार पुस २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरशेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रदमा सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।  यसका साथै शेयरधनीले नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत माघ २७ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी बी प्लस आईएस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्तापूँजी २० करोड रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि उक्त पूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।कम्पनीले हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट पुस १ गते अनुमति पाएको हो ।