कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर सूचीकृत

जेठ ६, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट  बैंकको हकप्रद शेयर शुक्रवार नेप्सेमा  सूचीकृत भएको छ ।  कम्पनीको ३० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब यो शेयर लगानीकर्ताले सोमवारदेखि खरीदविक्री गर्न सक्नेछन् ।  कम्पनीले २०७८ माघ ७ गतेदेखि २७ गतेसम्म निष्कासन गरेको १५० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो । 

सम्बन्धित सामग्री

१.७७ % बढेर २८३४.१३ विन्दुमा नेप्से, अपि पावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री

पुस २७, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ७७ प्रतिशत अर्थात् ४९ दशमलव १९ अंकले बढेको छ । यो दिन नेप्से परिसूचक २ हजार ८३४ दशमलव १३ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २३२ ओटा धितोपत्रको १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर ७७ हजार १५ पटकमा रू. ६ अर्ब ७२ करोड ४५ लाख २६ हजारमा खरीदविक्री भएको छ । यो दिन सर्वाधिक शेयर खरीदविक्री अपि पावर कम्पनीको भएको छ । उक्त कम्पनीको रू. १६ करोड ८३ लाख २२ हजार बराबरको शेयर खरीदविक्री भएको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५१० दशमलव ९० कायम भएको छ । हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले पनि कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको देखिन्छ ।  त्यसैगरी दोस्रोमा गोर्खाज फाइनान्सको रू. १६ करोड २६ लाख ७२ हजार बरावरको शेयर खरीदविक्री भएको छ । यो दिन पाँच ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । नारायणी डेभलपमेन्ट बैंक,नेपाल फाइनान्स,पोखरा फाइनान्स,कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ ।  यो दिन सबैभन्दा बढी शेयरमूल्य घट्नेमा माउण्टेन इनर्जी नेपाल रहेको छ । उक्त कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ३ दशमलव ५२ प्रतिशतले घटेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १७७ मा झरेको हो । त्यसैगरी दोस्रोमा नेपाल एसबिआई बैंकको शेयरमूल्य २ दशमलव ०१ प्रतिशत घटेर प्रतिकित्ता रू.३८६ मा झरेको छ ।  नेप्सेले मंगलवार २ हजार ८०० विन्दुलाई पार गरेको छ । पुस शुरु भएसँगै बजार बढ्दो प्रवृत्तिमा देखियो । यसरी लगातार बजार बढिरहँदा माघ लागेपछि नि अझै बजार बढ्ने अनुमान लगाउन सकिन्छ । माघ लागेसँगै सूचीकृत कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नेछन् । यसले गर्दा पनि बजार बढ्न टेवा पुग्नेछ । त्यसो त तरलता सहज हुँदै गएको छ । बीमा समितिले बीमा कम्पनीहरुलाई नगद लाभांशमा रोक लगाएर बोनस शेयरमा जोड दिन  निर्देशन दिएको छ ।   कोरोना संक्रमण फैलिन थालेसँगै अन्य लगानीका क्षेत्रहरु संकुचन हुन थालेका छन्  । स्थानिय निकायको निर्वाचन तिथि पनि नजिक आइरहेको छ ।  यसकारणले पनि बजार बढ्ने देखिन्छ ।