काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनी १० हजार १ सय ५ मत ल्याई विजयी भएका हुन् ।

सम्बन्धित सामग्री

काठमाडौं - ८ मा रास्वपाका विराजभक्त विजयी, पर्यटनमन्त्री पराजित

काठमाडौं - ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले उनका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २ सय १६ मतान्तरले पराजित गरेका हुन् ।श्रेष्ठले १० हजार १ सय ५ मत ल्याउँदा सायमीले ५ हजार ८ सय ८९ मत ल्याएका छन् । यहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार तथा हालवाला पर्यटनमन्त्री जीवनराम श्रेष्ठ तेस्रो भएका छन् । उनले ४ हजार ८७७ मत पाउँदा राप्रपाका प्रकाश रिमालले ४२२५ मत ल्याए । एमालेका शिवसुन्दुर वैद्य ३ हजार

काठमाडौं-८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित

७ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले १० हजार १०५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सुमन सायमीले ६ हजार १७४ मत पाएका छन् । एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत […]

काठमाडौंका तीन क्षेत्रमा रास्वपाको जित

७ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका तीन क्षेत्रमा जित हात पारेको छ । काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् । काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी हुँदा पूर्व सभामुख एवम् नेकपा माओवादी […]

काठमाडौं-८ मा घण्टी र लौरोको प्रतिस्पर्धा, एमाले र समाजवादी पछाडि

५ मंसिर, काठमाडौं । काठमाडौं-८ को तीन वटा वडाको मतगणनाको सुरुवाती परिणाम हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । सोमबार बिहान १० बजेदेखि डल्लुस्थित गीता माता विद्यालयमा भइरहेको गणनामा स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ र हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी अघि–पछि देखिएका छन् । यो क्षेत्रमा अहिले काठमाडौं […]

काठमाडौं-८ मा विराजभक्तभन्दा सुमन सायमि अघि, जीवनराम चौथौ

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ८ मा हालसम्म ४ हजारभन्दा बढी मतगणना भइसकेको छ। प्रारम्भिक मतगणनामा हाम्रो नेपाली पार्टीका सुमन सायमिले अग्रता लिएका छन्। लौरो चुनाव चिह्नमा लडेका उनले १ हजार ३३७ मत पाएका छन्। यस्तै, सुरुवातमा अग्रता लिएका  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ दोस्रोमा छन्। उनले १ हजार…

काठमाडौं ८ मा जीवनरामलाई विराजभक्त र सुमनको चुनौती, बिहानैबाट घरदैलोमा

काठमाडौं : उम्मेदवारहरुले आजबाट आफ्नो घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन्। आजबाट निर्वाचन प्रचारप्रसारको दोस्रो चरण सुरु भएको छ। जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएपछि उम्मेदवार र दलहरुले चुनावी अभियानलाई तिब्र बनाएका हुन्। त्यसै सन्दर्भमा काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवार विराजभक्त श्रेष्ठ बिहानैदेखि घरदैलोमा निस्किएका छन्। सो क्षेत्रबाट सत्तारुढ…

काठमाडौं– ८ मा जीवनराम र शिव सुन्दरलाई 'घण्टी' र 'लौरो'को चुनौती

आगामी मंसिर–४ मा हुने निर्वाचनमा काठमाडौं ८ मा सांगठनिक रुपमा बलिया देखिएका दल र नयाँ दलका उम्मेदवारबीच भीडन्त हुने देखिएको छ । प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई टक्‍कर दिने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चुनावी मैदानमा आएका छन् ।काठमाडौंको कोर एरियाको रुपमा रहेको सो क्षेत्रमा गठबन्धनबाट एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ, एमालेबाट शिव सुन्दर राजवैद्य र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ उम्मेदवार छन् ।उनीहरूसँ

विराजभक्त श्रेष्ठ काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठ्ने

१४ असोज, काठमाडौं । बागमती प्रदेश सभाका पूर्वसदस्य विराजभक्त श्रेष्ठ काठमाडौं–८ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक सञ्जाल फेसबुकमा मतदानबाट उम्मेदवार छनोट गर्दा श्रेष्ठ चयन भएका हुन् । २०७४ सालको प्रदेशसभा निर्वाचनमा तत्कालिन विवेकशील साझा पार्टीबाट श्रेष्ठ समानुपातिक पद्धतिबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनले काठमाडौंमा भएको गुठी विधेयक […]