बेलायतमा १५ वर्षयताकै उच्च कायम भएको ब्याजदर साढे ४ % पुग्यो, 'अर्थतन्त्र मन्दीमा नजाने'

काठमाडौं । बेलायतको केन्द्रीय बैंक ‘बैंक अफ इंगल्यान्ड’ (बीओई)ले ब्याजदर बढाएको छ । बिहीवार बसेको नीतिगत बैठकमा बैंकले ब्याजदर (Interest Rate) ०.२५ आधार बिन्दुले बढाएको हो । बेलायतको अर्थतन्त्र यो वर्ष मन्दीमा जाने सम्भावनालाई नकारेर बैंकले आर्थिक वृद्धिको प्रक्षेपण पनि संशोधन गरेको छ ।  बैंकको मौद्रिक नीति समिति ७-२ को मतान्तरमा ब्याजदर बढाउने निर्णय गरेको छ । योसँगै बेलायतमा ब्याजदर बढेर ४ दशमलव २५ प्रतिशतबाट साढे ४ प्रतिशतमा पुगेको छ । ब्याजदरमा गरिएको यो लगातारको १२ औं वृद्धि हो । बेलायतमा ब्याजदर यो स्तरमा उक्लिएको यो झन्डै १५ वर्षयता पहिलो पटक हो ।  केन्द्रीय बैंकले प्रमुख ब्याजदर बढाएसँगै त्यहाँ धेरैको लागि धितो कर्जाको दर, घर अनि गाडी कर्जा महँगो हुनेछ । निक्षेपकर्ताहरूले बैंकमा राखेको निक्षेपमा बढी ब्याज पाउनेछन् । यद्यपि, बैंकले उच्च स्तरमा बसेको मुद्रास्फीति नियन्त्रण गर्ने आफ्नो प्रतिबद्धता भने दोहोर्‍याएको छ ।  मार्चमा बेलायतको उपभोक्ता मुल्य सूचक (CPI) १० दशमलव १ प्रतिशतले बढेको थियो । खाद्यान्नको उच्च मूल्य र ऊर्जा महसुलका कारण महँगी बढेको थियो । मूल्य अस्थिर रहने खाद्यान्न, ऊर्जा, रक्सी र सूर्तिजन्य वस्तुको मूल्यलाई समावेश नगरिने कोर मुद्रास्फीति पनि मार्चसम्मको १२ महीनामा ५ दशमलव ७ प्रतिशतले बढेको छ ।  बेलायतको अर्थतन्त्र यो वर्ष मन्दीमा जान सक्ने सम्भावना Monetary Policy Committee ले देखेको छैन । यो वर्षको अन्त्यसम्मा ऊर्जाको औसत मूल्य पनि २ हजार १०० पाउन्डमा झर्ने आशा बीओईका गभर्नर एन्ड्रियू बेलीले गरेका छन् । महँगी अकासिएपछि हालैका महीनामा बेलायतमा जीवनयापन संकट देखिएको छ ।  BOE ले आगामी महीना पनि ब्याजदर वृद्धिको सम्भावना खुला राखेको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) र यूरोपेली केन्द्रीय बैंक (ईसीबी)ले ब्याजदर एक चौथाई प्रतिशतले बढाएको एक हप्तापछि बीओईले पनि ब्याजदर बढाएको हो ।  यो वर्ष बेलायतको अर्थतन्त्र शून्य दशमलव २५ प्रतिशतले बढ्ने बैंकको आशा छ । आगामी वर्ष भने यो दर शून्य दशमलव ७५ प्रतिशत रहने बताइएको छ । विश्वमा प्राकृतिक ग्यासको भाउमा आएको कमी र अर्थतन्त्र अपेक्षा गरिएभन्दा धेरै उत्थानशील रहँदा बैंकले वृद्धि प्रक्षेपणमा सकारात्मक संशोधन गरेको बेलीको भनाई छ ।  वृद्धि प्रक्षेपण बलियो नै नभए पनि यो हालैको प्रक्षेपणभन्दा अलि थोरै कमजोर भएको उनले बताए । हालैको एउटा प्रक्षेपणमा बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (IMF) ले बेलायतको अर्थतन्त्र यो वर्ष शून्य दशमलव ३ प्रतिशतले खुम्चने बताएको थियो । एजेन्सी 

सम्बन्धित सामग्री

घट्यो ब्याजदर

काठमाडौंं, साउन १। वाणिज्य बैंकहरूमा अधिक तरलता भएसँगै वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । निक्षेपमा विकर्षण र कर्जामा आकर्षण हुने गरी बैंकहरूले ब्याजदर घटाएका हुन् । विगतमा एउटै किसिमको हुनेगरी ब्याजदर तोकिँदै आएकामा अहिले भने पहिलोपटक ब्याजदरको कार्टेलिङ तोड्दै प्रतिस्पर्धात्मक तवरले ब्याजदर तोकिएको छ । नेपाल बैंकर्स संघको गत बिहीबारको बैठकले आ–आफ्नै हिसाबले ब्याजदर निर्धारणका […]

घट्यो ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूमा अधिक तरलता भएसँगै वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । निक्षेपमा विकर्षण र कर्जामा आकर्षण हुने गरी बैंकहरूले ब्याजदर घटाएका हुन् । विगतमा एउटै किसिमको हुनेगरी ब्याजदर तोकिँदै आएकामा अहिले भने पहिलोपटक ब्याजदरको कार्टेलिङ तोड्दै प्रतिस्पर्धात्मक तवरले ब्याजदर तोकिएको छ । नेपाल बैंकर्स संघको गत बिहीबारको बैठकले आ–आफ्नै हिसाबले ब्याजदर निर्धारणका लागि […] The post घट्यो ब्याजदर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बैंकको ब्याजदर घट्यो

काठमाडौं । चौतर्फी आलोचना र दबाबपछि नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको छ। ब्याजदर एकल डिजिटमा कायम गर्ने निर्णय संघले बुधबार गरेको हो। वैशाख १ गतेदेखि लागु हुनेगरी ब्याजदर घटाउने निर्णय भएको हो। ब्याजदर १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ कायम गर्ने निर्णय भएको छ। सरोकारवालाको माग सम्बोधन गर्दै संघले ब्याजदर घटाउने निर्णय गरेको हो। […]

घट्यो बैंकको ब्याजदर

काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन् । वुधबार बसेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघको बैठकले निक्षेपको ब्याजदर घटाएर ११ प्रतिशत बनाउने निर्णय गरेको हो ।हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत ब्याजदर दिंदै आएका छन् । घटेको ब्याजदर माघ १ बाट लागू हूनेछ ।

माघदेखि घट्दै ब्याजदर

आउँदो माघदेखि वाणिज्य बैङ्कहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैङ्कहरूका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएसनको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । पछिल्लो समय बैङ्किङ प्रणालीमा

बैंकहरुले ब्याजदर घटाउने

वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर घटाउने भएका छन् । मौद्रिक नीतिको व्यवस्था दुई किसिमको कर्जाका लागि छुट्टाछुट्टै ब्याजदर कायम हुने भएपछि बैंकहरुले संस्थागत र व्यक्तिगत निक्षेपको ब्याजदर समेत परिमार्जन गर्ने भएको हो । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले संस्थागत निक्षेपको ब्याजदर दुई प्रतिशतले घटाउने निर्णय गरेको हो ।  योसँगै भदौ महिनाका लागि संस्थागत निक्षेपमा बैंकहरुले ९.०३ प्रतिशत मात्र ब्याजदर प्रदान गर्नेछ ।यसअघि संस्थागत र व्यक्तिगत दुबैम

बैंकको ब्याजदर अझै बढ्ने !

१३ चैत, काठमाडौं । सर्वसाधारणले बैंकबाट पाउने अर्थात निक्षेपको ब्याजदर प्रत्येक महिना घटबढ हुन्छ । तर सर्वसाधारणले बैंकलाई तिर्नुपर्ने अर्थात ऋणको ब्याजदर भने तीन–तीन महिनामा मात्रै घटबढ हुन्छ । पछिल्लो केही महिना यता निक्षेपको ब्याजदर लगातार बढिरहेको छ । कर्जाको ब्याजदर भने हरेक त्रैमासमा बैंकहरुले सार्वजनिक गरेको आधार दर (बेस रेट)मा भर पर्छ । चालु […]

ब्याजदर निर्धारणमा नयाँ गाइडलाइन

अब बैंक तथा वित्तीय संस्थाले आफ्नो वर्गका बैंकहरूको गत महिनाको निक्षेपको औसत ब्याजदरको आधारमा त्यसको १० प्रतिशतसम्म ब्याजदर बढाउन पाउने भएका छन् । साथै, सोही आधारमा निक्षेपको ब्याजदर १० प्रतिशतसम्मले घटाउन पनि पाउने भएका छन् ।यसअघि बैंकहरूले आफ्नै ब्याजदरको आधारमा मासिक १० प्रतिशतसम्मको दरले ब्याजदर थपघट पाउने थिए । तर, अब भने आफ्नो वर्गका बैंकहरूको औसत ब्याजदर आधारमा मात्रा नयाँ ब्याजदर निर्धारण गर्नुपर्ने भएको हो ।राष्ट्र बैंकले आइतवार क, ख र ग वर्गका बैंकहरू लागि एकीकृत निर्देशन जारी गर्दै यस

बैंकको ब्याजदर तीन वर्ष यताकै उच्च

१ कात्तिक, काठमाडौं । आजदेखि निक्षेपमा नयाँ ब्याजदर लागू भएको छ । कात्तिक महिनाका लागि बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदर सार्वजनिक गर्ने बैंकहरु मध्ये अधिकांशको दर बढेको छ । बैंकको ब्याजदर पछिल्लो ३ वर्ष यताकै महंगो भएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले अहिलेको ब्याजदर पछिल्लो ३ वर्ष यताको उच्च […]

बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, अधिकांशले घटाए ऋणको ब्याजदर

बाणिज्य बैंकहरुले साउन १ गतेदेखि लागू हुने गरेर कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार धेरै बैंकले आधार दर घटाएका छन् । आधार दरका अनुसार बैंकहरुले कर्जा प्रवाह गर्ने भएकाले पनि धेरै बैंकको कर्जाको ब्याजदर घटेको हो । नेपाल बैंकर्स एसोसियसनका उपाध्यक्ष तथा कृषि विकास बैंकका सिइओ अनिल कुमार उपाध्यायले बैंकमा तरलता अधिक रहेकाले अझै ब्याजदर घट्ने बताए । उनका अनुसार यो वर्ष निक्षेपमा १ प्रतिशत र कर्जामा झण्ढै डेढ प्रतिशत ब्याजदर घटेको  छ ।हाल बैंक तथा वित्ति