निक्षेपको नयाँ ब्याजदर १०.०५ भन्दा बढी नहुने

२८ मंसिर, काठमाडौं । बैंकहरुले ब्याजदर नबढाउने भद्र सहमति गरेका छन् । मंसिर महिनाका लागि १०.०५ ब्याजदर तोकेका बैंकहरूले पुसका लागि पनि सोहि ब्याजदर कायम गर्ने भएका हुन् । यस विषयमा सबै बैंकहरु सहमति भएको बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले जानकारी दिए । उनका अनुसार केही बैंकहरूले १०.०५ प्रतिशत भन्दा कम ब्याजदर भने तोक्न सक्नेछन् […]

सम्बन्धित सामग्री

भोलिबाट लागू हुनेगरी वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन बैँकको कति?

माघ महिनामा करिब ९ प्रतिशत ब्याजदर दिएका बैंकले फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५ प्रतिशत दिने घोषणा गरेका छन्।...

एनआईसी एशिया बैंकले घटायो ब्याजदर

काठमाडौं । एनआईसी एशिया बैंकले माघ महीनाको लागि ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याज घटाएको हो ।  जस अनुसार बैंकले माघ महीनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ८ दशमलव ०६५ प्रतिशत कायम गरेको छ । पुसमा सो दर ८ दशमलव ६७ प्रतिशत थियो । त्यस्तै बैंकले संस्थागत निक्षेपको अधिकतम ब्याजदर ६ दशमलव ०६५ प्रतिशत तोकेको छ । पुस महीनामा सो ब्याजदर ६ दशमलव ६७ प्रतिशत थियो । बैंकहरूले पछिल्ला ३ महीनादेखि ब्याजदर घटाइरहेका छन् । बैंकहरूको निक्षेप दैनिक बढ्दो क्रममा छ । तर, निक्षेपको तुलनामा कर्जा लगानी भने बढ्न सकेको छैन । फलस्वरूप बैंकहरूमा लगानीयोग्य रकम थुप्रिँदै गएको छ । सोही कारण बैंकहरूले पछिल्ला ३ महीनादेखि ब्याजदर घटाइरहेका छन् ।

ब्याजदर घटाउने बाटो खोज्दै बैंकहरु

२४ फागुन, काठमाडौंं । कर्जा र निक्षेपको औसत ब्याजदर अन्तर (स्प्रेड दर) घटाउनुपर्ने भएपछि बैंक तथा वित्तीय संस्थाले प्रिमियम बढी रहेको कर्जाको ब्याजदर घटाउन लागेका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत २०८० असार मसान्तभित्र स्प्रेड दर ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । मौद्रिक नीतिको […]

वैशाखमा पनि फागुनकै ब्याजदर कायम गर्ने भद्र सहमति

२७ चैत, काठमाडौं । वाणिज्य बैंकहरुले वैशाख महीनाका लागि निक्षेपमा नयाँ ब्याजदर ११ दशमलव शून्य ३ प्रतिशत नै कायम गर्ने भद्र सहमति गरेका छन् ।  ब्याजदर बढाउँदा पनि निक्षेप नआउने भएपछि बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि ब्याजदर स्थिर राख्ने भएका हुन् ।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको आइतवार बसेको बैठकले चैतका लागि तोकिएको ब्याजदर नै वैशाखका लागि पनि कायम गर्ने भद्र सहमति गरेको स्रोतले बताएको छ । बैंकहरुले हरेक महीना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । पछिल्लो केही महिना यता लगानी योग्य रकमको अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन् । तरलता समस्या सहज नभएपछि ब्याजदर स्थिर राख्ने बैंकहरुले भद्र सहमति गरेका हुन् । यस अघि फागुनमा नै ११ दशमलव शून्य ३ प्रतिशत ब्याजदर तोकिएको थियो । चैतमा पनि सोही ब्याजदर कायम थियो । फागुन महीनामा वाणिज्य बैंकहरुले संस्थागत एक वर्षे मुद्दती निक्षेपको अधिकतम ब्याजदर १० दशमलव शून्य ३ प्रतिशत र साधारण बचतको ६ दशमलव शून्य ३ प्रतिशत कायम गरेका थिए ।

२५ बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? (सुचीसहित)

काठमाडौं, १ असोज । वाणिज्य बैंकहरुले असोज महिनाको लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बिहीबार मात्र विभिन्न बैंकहरुले न्युनतम ८ देखि अधिकतम १० प्रतिशत ब्याजदर प्रस्ताव गर्दै नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । नेपाल बंगलादेश बैंक, सेन्चुरी, एनएमबी, सिद्धार्थ, लक्ष्मी, नबिल, मेगा, सनराइज, हिमालयन, एनआइसी बैंकलगाएत २५ बैकहरुले हिजो नयाँ ब्याजदर सार्वजनिक गरेका […]

तरलता अभाव : बैङ्कमा रकम जम्मा गर्नेलाई अब १०.०७ प्रतिशतसम्म ब्याज

तरलता (लगानी योग्य रकम) अभावबीच वाणिज्य बैङ्कहरूले निक्षेपकर्ता आकर्षित गने गरी धमाधम निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् ।बिहीबार मात्र २५ वटा वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर प्रस्ताव गरेका हुन् । सरकारी दुईवटा बैङ्कहरू राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्कसँगै अन्य २३ वटा वाणिज्य बैङ्कहरूले निक्षेपमा नयाँ ब्याजदर तोकेका हुन् ।नबिल बैङ्क, एभरेस्ट बैङ्क, नेपाल एसबीआई बैङ्क, सनराइज बैङ्क, सेञ्चुरी बैङ्क, बंगलादेश बैङ्क, एनएमबी बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, हिमालयन बै

बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, अधिकांशले घटाए ऋणको ब्याजदर

बाणिज्य बैंकहरुले साउन १ गतेदेखि लागू हुने गरेर कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार धेरै बैंकले आधार दर घटाएका छन् । आधार दरका अनुसार बैंकहरुले कर्जा प्रवाह गर्ने भएकाले पनि धेरै बैंकको कर्जाको ब्याजदर घटेको हो । नेपाल बैंकर्स एसोसियसनका उपाध्यक्ष तथा कृषि विकास बैंकका सिइओ अनिल कुमार उपाध्यायले बैंकमा तरलता अधिक रहेकाले अझै ब्याजदर घट्ने बताए । उनका अनुसार यो वर्ष निक्षेपमा १ प्रतिशत र कर्जामा झण्ढै डेढ प्रतिशत ब्याजदर घटेको  छ ।हाल बैंक तथा वित्ति

बाणिज्य बैंकहरुको नयाँ ब्याजदर यस्तो छ (सुचीसहित)

काठमाडौं, १ असार । सामान्य परिर्वतन गरेर बाणिज्य बैंकहरुले आज (मंगलबार)देखी लागु हुने गरी कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति  छ ?

काठमाडौँ / असार १ गतेदेखि लागू हुनेगरी बैंकहरूले कर्जा र निक्षेपका नयाँ ब्याजदर कायम गरेका छन् । बैंकहरूले सार्वज्निक गरेको सूचनाअनुसार बैंकहरूको नयाँ ब्याजदरमा सामान्य