चितवन : चितवन ३ मा प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि चिकित्सक भोजराज अधिकारीले नियमित बिरामी परीक्षण सुरु गरेका छन्। सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार अधिकारी पुनः सेवामा फर्किएका हुन्।उनी भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उम्मेदवार बनेका थिए। ‘अब म नियमित काममा फर्किएको छु’, उनले भने, ‘स्वास्थ्य सेवामार्फत राजनीतिमा सक्रिय रहने मेरो योजना छ।’ पराजित भए पनि निर्वाचनका समयमा आफ्नो प्रतिबद्धतापत्रमा समेटिएको ‘जनतासँग अस्पताल&rs