काठमाण्डौ – इङ्ल्यान्डको साउथ्याम्पटनमा भारतको न्युजिल्यान्डबीच भइरहेको विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा भारतको दोस्रो पारी एक सय ७० रनमा सकिएको छ ।
भारतले न्युजिल्यान्डलाई जितका लागि एक सय ३९ रनको लक्ष्य दिएको छ । दोस्रो पारीमा भारतका लागि ऋषभ पन्तले ४१ रन बनाए । न्युजिल्यान्डका बलरले छैटौँ दिनको पहिलो सत्रमा तीन विकेट लिएर भारतलाई दबाबमा राखेका थिए ।
भारतले लन्च (खाना समयअघि) कप्तान विराट कोहली, उपकप्तान अजिन्क्या रहाणे र चेतेश्वर पुजाराको विकेट गुमायो । दुई विकेट गुमाएर ६४ रन बनाएको अवस्थामा छै...