बलात्कार तथा यौन दुर्व्यवहारका घटनामा हदम्याद नराख्न सांसदहरुले माग गरेका छन् । आइतबार काठमाडौंमा प्रतिनिधि सभा अन्र्तगतको महिला तथा सामाजिक समिति, महिला कानुन र विकास मञ्चले गरेको यौनजन्य हिंसा सम्बन्धी कानुन, अन्र्तराष्ट्रिय अभ्यास र आगामी कार्यदिशा विषयक कार्यक्रममा उनीहरुले कानुन संसोधन गरेर हदम्यादको दायरा बढाउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा एमाले सांसद तथा पूर्वमहिला मन्त्री थममाया थापामगरले बलात्कारका घटनामा हदम्याद बढाउने सम्बन्धी कानुन शंसोधनका लागि प्रतिस्थापन विधेयक अघि बढ