राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबारको बैठकमा सांसद जितेन्द्रनारायण देवले संविधानमा रहेको नागरिकतासम्बन्धी व्यवस्थाका विषयमा सहमति गरी विधेयक अघि बढाउन सरकारसँग आग्रह गरे । उनले भने “ संविधानमा भएको व्यवस्था बाझिने गरी कानुन बनाए । ”सांसद रामचन्द्र राईले केही सीमित व्यापारिका हितमा हुनेगरी बजेटमा करको दर फेरबदल हुनु उचित नभएको टिप्पणी गरे । उनले नागरिकतासम्बन्धी विषय जनताको दैनिकीसँग जोडिए