नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको निर्वाचन तालिका संशोधन गरिएको छ । अध्यक्ष प्रचण्डले सहमतिको प्रयास जारी रहेकाले आइतबार १ बजेसम्म बन्दसत्र स्थगित गरेसँगै निर्वाचन कार्यक्रम पनि संशोधन गरिएको हो ।
जसअनुसार आइतबार २ देखि साढे ३ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम तय गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस्तै साढे ३ बजेसम्म उम्मेदवारको दर्ता सूची प्रकाशित गरिनेछ भने ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन समय तोकिएको छ ।
यस्तै उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना ४ बजेर १० मिनेटमा दिइने भने त्यसमाथि छानबिन र ...