पार्टीका केन्द्रीय सदस्य महादेव यादवको निधनमा नेकपा माओवादी केन्द्रले दु:ख व्यक्त गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलवार शोक वक्तव्य प्रकाशित गरी ५७ वर्षीय यादवको निधनमा दु:ख व्यक्त गरेका हुन् ।
यादवले २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीति शुरू गरेका थिए ।
२०४८ सालमा साविक बालबाखर गाविस उपाध्यक्ष समेत बनेका यादवले त्यसपछि लाभका पदमा थिएनन् ।
हेर्नुहोस्, विज्ञप्ति :