डेडिकेटेड फिडर तथा ट्रंक लाइनको महसुलसम्बन्धी विवाद समाधानका लागि गठित डेडिकेटेड फिडर तथा ट्रंकलाइनसम्बन्धी छानबिन आयोगले प्रतिवेदन लेख्न थालेको छ । आयोगले १६ दिनभित्र प्रतिवेदन तयार पारेर सरकारलाई पेस गर्नुपर्ने समयसीमा छ । यद्यपि तोकिएको अवधिमै काम सकिनेमा आयोगकै शंका छ ।