डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद समाधानका लागि उद्योगी समूहले राजनीतिक नेतृत्वसँग भेटघाट गर्न थालेका छन् । नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीले डेडिकेटेड र ट्रंकलाइन विवादका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन् ।