सल्यान : कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भन्दै अहिले देशभर निषेधाज्ञा जारी छ। निषेधाज्ञामा हुनेखानेले दुई तीन महिनालाई पुग्ने खाद्यान्न किनेरै जोहो गरी घरभित्रै आनन्दले बसिरहेका छन्। हुँदा खानेहरूको जीवन भने दिनप्रतिदिन कष्टकर बन्दै गएको छ। बाहिर काम खोज्न जाऊ त कहाँ जाऊ। नजाऊँ त घरभित्र साँझ बिहानको चुलो केले बाल्ने?एक दिन मात्रै काम गर्न नपाए चुलो जलाउने समस्या हुने समुदाय झण्डै दुई महिना लामो निषेधाज्ञाले चरम संकटमा परेका छन्। पहिलो चरणको कोरोना भाइरस संक्रमण देखिँदा संक्रमण