बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु

जुम्लाको तिला गाउँपालिका –९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो ।स्थानीयवासी बिनबहादुर रावतका अनुसार शुक्रबार बिहान ७ बजे बालुवा सङ्कलनका लागि  बालुवा खानी पसेका थिए। बालुवा सोर्दै गर्दा खानी भत्किएर परेकाले उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थल जुम्ला सदरमुकाम खलङ्गाबाट करिब ३५ कोष टाढा छ ।उक्त घटनाको खबर प्राप्त भएलगत्तै रारास्थित  प्रहरी

सम्बन्धित सामग्री

कुलोले बगाउँदा महिलाको मृत्यु

कपिलवस्तुको बाणगंगामा कुलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोलस्थित बाणगंगा नदीबाट सिँचाइका लागि बनाइएको कुलोमा बिहीबार माछा मार्ने क्रममा डुबेर एक महिलाको मृत्यु...

चट्याङ लागेर रौतहटमा एक महिलाको मृत्यु

चट्याङ लागेर रौतहटमा एक महिलाको मृत्यु भएको छ।मंगलवार बिहान आएको हावाहुरीसँगै हल्का पानीको साथमा परेको चट्याङले रौतहटको मौलापुरमा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।...

दुर्घटनामा महिलाको मृत्यु

हेटौडा-नारायणगढ सडक खण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका-९ खरङ्गामा आज दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।...

जुम्लामा एक महिलाको मृत्यु

जुम्लाको सिंजा गाउँपालिका-४ भुलिगाउँमा कोठामा झुन्डिएर एक महिलाको मृत्यु भएको छ।

चितवनमा डेंगु संक्रमित महिलाको मृत्यु

उपचारका क्रममा डेंगु संक्रमित महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो।

चट्याङले रौतहटमा ३ महिलाको मृत्यु

चट्याङ लागेर रौतहटमा तिन महिलाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्। रौतहटको गरुडा नगरपालिका ३ मलाहीमा मंगलवार बिहान चट्याङ लागेर तिन जना महिलाको मृत्यु भएको हो।...