कोही गहुँमा विषादी छर्कंदै छन्, कोही आलुखेतीको रेखदेख गर्दै, कोही पशुपालनमा व्यस्त छन् । खेतबारीमा लगाएका अन्नबाली र तरकारी खेती स्याहार्दैमा उनीहरूलाई भ्याइनभ्याइ छ । यो अवस्था जिल्लाको गजुरी गाउँपालिका–५ राईगाउँका महिलाहरूको हो । ‘अहिले त हाम्रो आम्दानीको मुख्य स्रोत नै कृषि कर्म बनेको छ,’ गहुँमा विषादी छर्दै गरेकी सविता राईले भनिन् ।