हुम्लाका कृषकको मुख्य आम्दानीको स्रोत तरकारी

हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा बेमौसमी तरकारी उत्पादनका लागि अधिकांश कृषक तरकारी खेती गर्नतर्फ आकर्षित भएका छन् । हिउँदयाममा बेमौसमी खेती गरेर तरकारी उत्पादन गरी कृषकले बिक्री गर्दै आम्दानीको मुख्य स्रोत बनाएका छन् ।

सम्बन्धित सामग्री

सुन्तालाका बोट मर्न थालेपछि निराशा,

तनहुँ।  जिल्लाको देवघाट गाउँपालिका–३ ल्हुङ्ग्रिङका सुधन रानामगर भिरालो जग्गामा केही पनि खेती नभएपछि विदेश गए । अहिले विदेशबाट फर्किएर सुन्तला खेतीमा व्यस्त छन् । सुन्तला खेतीले उनलाई करिब पाँच वर्ष कतारको बसाई र रोजगारी छाडेर गाउँ फर्काएको छ । भिरालो जमिनमा केही पनि अन्नबाली नहुँदा विदेशिन र बसाइँसराइको विकल्प नदेखेर वैदेशिक रोजगारीमा पुगेका सुधन सुन्तलाखेती हुन थालेपछि गाउँ पर्किएका हुन् । विदेशमा पैसा फलिरहेको लागे पनि स्वदेशमा नै सुन फल्ने ठाउँमा रहेको उनको बुझाइ छ । सुन फलिरहेका स्थानलाई समयमा नै पहिचान गर्न नसकेर विदेशिएको सुधन बताउँछन् । उनि जस्तै सुन्तलाखेती हुने देवघाटका ग्रामीण क्षेत्रका अधिकांश युवा अहिले विदेश तथा बसाइँ सरे पनि फर्कनेक्रम बढेको उनि बताउँछन् । उनि भन्छन्, 'सुन्तलाखेतीले नै वैदेशिक रोजगारीबाट घर फर्कन प्रेरणा मिलेको छ । केही अन्नबाली नहुँदा खानै नपाएर मरिन्छ कि भनेर विदेश गएकामा अहिले सुन्तलाखेती राम्रो हुन थालेपछि फर्किएको हो । यही नै मुख्य आयस्रोतको बनेको छ ।' अहिले युवा विदेशिनेक्रम बढे पनि गाउँघर, परिवारसँगै बसेर काम गर्दा खुसी र रमाइलो हुने गरेको उनि बताउँछन् । विदेश र यहाँको दुःखमा धेरै अन्तर रहेको उनको भोगाइ छ । उनि भन्छन्, 'विदेशमा पैसा फलेको छ जस्तो लाग्थ्यो । तर, होइन रहेछ यहाँको दुःखभन्दा कैयौँ गुणा बढी दुःख विदेशमा भोग्नुपर्छ । यहाँसम्म कि बिरामी भएको अवस्थामा समेत आराम गर्न पाइँदैन । अहिले बिरामी भए आराम गरी परिवारको साथमा रहेर काम गरेको आम्दानीले सुन्तलाखेतीले उत्साहित बनाएको छ ।' गण्डकी प्रदेशकै कर्णालीकारुपमा रहेको देवघाटको ग्रामीण क्षेत्रमा सुन फलिरहेको र यसको उपयोग गर्न सक्नुपर्ने उनको भनाइ छ । त्यस्तै १० वर्ष कतारको रोजगारीबाट फर्किएर सुन्तलाखेती गरिरहेका रुपेश रानामगरले सुन्तलाले नै गाउँ फर्किन उक्साएको बताउँछन् । सुन्तलाखेती राम्रो हुँदा विदेशको रोजगारीबाट फर्किएको उनि बताउँछन् । केही नहुने ठाउँ भनेर बसाइँ सर्नेक्रम बढेकामा अहिले सुन्तलाले फर्काउन थालेको उनले सुनाए । सुन्तला राम्रो फल्दै गर्दा उत्साहित किसान अहिले सुन्तलाको बोट मर्न थालेपछि भने फेरि विस्थापित नै हुनुपर्छ कि भन्ने चिन्ताले सताउन थालेको रुपेश बताउँछन् । सुन्तलाले नै विदेशबाट फर्कायो । तर अहिले फल्दा फल्दैको सन्तलाको बोट मर्न थालेपछि विकल्प सोच्नुपर्ने अवस्था देखिएको उनको चिन्ता छ । त्यसैगरी करिब ३०/३५ वर्षदेखि सुन्तलाखेती गरिरहेका किसान कर्णबहादुर रानाले फल्दै गरेको सुन्तलाको बोट मर्न थालेपछि वैकल्पिक व्यवसाय सोच्नुभन्दा यसको उपचार खोज्न आवश्यक रहेको बताउँछन् । उनि भन्छन्, 'लामो समयदेखि फल दिइरहेका सुन्तलाका करिब तीन सय बोट मर्न थालेका छन् । बोटमा हरियो रोग देखिएको छ । यसको समाधान खोज्नुपर्ने भएको छ ।' यसरी गाउँ फर्कन प्रोत्साहन गरेको सुन्तलाखेती नै सखाप हुने अवस्था आएकाले फेरि विस्थापित नै गराउने हो कि भन्ने त्रास बढेको उनि सुनाउनुहुन्छ । उनि भन्छन्, 'हामीले नै सुरुआत गरेको सुन्तलाखेतीले युवालाई गाउँ फर्काउन प्रोत्साहन र कृषिमा नै लाग्न प्रेरित गरेको थियो । बोट मर्न थालेपछि युवा गाउँतर्फ आउनुभन्दा फेरि जान्छन् भन्ने लाग्न थालेको छ ।' यसको समाधान गर्न सरकार र सम्बन्धित निकायको ध्यान पुग्नुपर्नेमा सुन्तला कृषकको जोड छ । त्यस्तै किसान नवराज गुरुङ भन्छन्, 'सुन्तलाले फर्काएको आशा निरासामा परिणत हुनसक्ने अवस्था आएको छ ।' मेरो बगानकै करिब एक सयको हाराहारीमा सुन्तलाको बोट मर्दै गएको छ ।' सरकारले कृषिलाई मुख्य पेसाका रुपमा लिएको छ । तर, जनसुकै खेतीमा आएको परिवर्तनसम्बन्धी भने चासो नदिँदा किसान मर्कामा पर्ने गरेका उनले बताए । 'सुन्तलाले नै जीविकोपार्जन चलेका हामीलाई सहज कहिले बताउने हो सरकारले खै', उनि भन्छन्, 'सरकारले प्रोत्साहन गर्नुपर्छ । यसका लागि खेतीमा हुने समस्याको समयमा नै समाधान हुनुपर्छ । तर, सरकार मौन रहेको छ । यसले कृषि पेसालाई नै उपेक्षा गरेको आभास हुन्छ ।' यसरी सन्तलाको बोट मर्न थालेपछि केही पनि अन्नबाली नहुने यस क्षेत्रमा भोकमरी हुनसक्ने देखिएको उनको अनुमान छ । सुन्तला बजारसम्म पुर्‍याउँदा भोग्नुपरेको समस्या छुट्टै छ । तर, आयस्रोतका रुपमा गरिएको सुन्तलाको बोट मर्न थालेपछि अझै समस्या थपिएको उनको भनाइ छ । सडक अभावले भोग्नुपरेको सास्ती अहिले बोट मर्न थालेपछि आशा नै निरासामा छाउन थालेको उनको गुनासो छ । सुन्तला उत्पादक कृषक भीमबहादुर थापाले सुन्तलाको बोटमा आएको समस्या समाधानका लागि कृषि ज्ञानकेन्द्र तनहुँलाई जानकारी गराइएको बताए । उनिले यहाँ सुन्तलाको बोट मर्न थालेपछि समाधान खोज्दै कृषि ज्ञानकेन्द्रमार्फत प्रयोगशालामा पठाएर परीक्षण गर्दा यसको उपचार सम्भव नभएको जानकारी पाएको बताए । केन्द्रका प्राविधिकले यसको उपचार सम्भव नभएको जानकारी गराउँदै सुन्तलामा समस्या देखिनु जलवायु परिवर्तनको असर हुनसक्ने अनुमान गरिएको उनले सुनाए । उपयुक्त वातावरणमा वायुमा भएको तापमानले नै यस्तो परिवर्तन आएको हुनसक्ने अनुमान कृषि ज्ञानकेन्द्रको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पालिकाको मुख्य उत्पादनमा नै समस्या देखिन थालेका बताए । उनले भने, 'देवघाटको ग्रामीण क्षेत्र तथा पालिकाकै आम्दानीका रुपमा रहेको सुन्तलाखेतीको बोट मर्न थालेपछि चिन्ता बढेको छ । यसको वैकल्पिक उपाय खोज्न पहल तथा समन्वय गर्दैछौँ ।' स्थानीयरुपमा आम्दानीको स्रोत नै सुन्तला भए पनि सुन्तलाको बोट मर्दै गएपछि प्राविधिकसँग समन्वय गरी उपचार र समाधानतर्फ सचेत भएको उनको भनाइ छ । देवघाटसँगै तनहुँका सुन्तला पकेट क्षेत्रका रुपमा परिचित व्यास नगरपालिका–११ तनहुँसुर, भानु नगरपालिका–६ सिम्पानीका तारा खड्गीले सुन्तलाबाट करिब रु ९० हजार आम्दानी भए पनि अहिले बोट मर्न थालेपछि चिन्तित भएको बताउँछन् । उनि भन्छन्, 'पहिले वार्षिकरुपमा राम्रो आम्दानी गर्दै आएकामा अहिले बोट नै मर्दै गयो । सुन्तला नै फलेन । सामूहिकरुपमा मोल हालेपछि यहाँको सुन्तलाको बोट नै मरे । हाम्रो आयस्रोत सकियो । यसको उपाय पत्तालगाइदिए सल्लाहअनुसार काम गरी उत्पादन लिन पाइन्थ्यो ।'  जिल्लाका व्यास, भानु, शुक्लागण्डकी र भिमाद नगरपालिका, आँबु, देवघाट, बन्दीपुर, ऋषिङ, घिरिङ र म्याग्देमा सुन्तला उत्पादन हुँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । केन्द्रका अनुसार अधिकांश स्थानमा सुन्तला राम्रो उत्पादन भए पनि केही पालिकामा बोट मर्न थालेका छन् । रासस

तेह्रथुम र धनकुटामा बन्दाले मूल्य पाएपछि कृषक खुशी

तेह्रथुम । तेह्रथुम र धनकुटामा बन्दाले राम्रो मूल्य पाएपछि कृषक खुशी भएका छन् । गत वर्ष ५ रुपैयाँमा बिक्री भएको बन्दा अहिले २५ रुपैयाँसम्म बिक्री हुन थालेको हाे । श्रम र लगानी गरेको बन्दा खेतीले राम्रो मूल्य पाएसँगै कृषक हर्षित भएका छन् । गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै फस्टाएको तरकारी खेती कृषकको मुख्य आम्दानीको स्रोत बन्न […]

छिर्के रोग र दुम्सीले आलु उत्पादन घट्यो

धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित चित्रे गाउँका कृषक जगतबहादुर काफ्ले यति बेला चिन्तित छन् । तरकारी खेतीका अगुवा किसान काफ्लेको मुख्य आम्दानीको स्रोत आलु उत्पादन हो । तर, यस वर्ष देखा परेको छिर्के रोगका कारण काफ्ले मात्र नभएर त्यस क्षेत्रका कृषकको चिन्ता बढाएको छ ।

आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी

भोजपुर- व्यावसायिक अकबरे (डल्ले)खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भए पनि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरुपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । भोजपुर नगरपालिकाको बोखिम, दावाँ, भैँसीपङ्खा, पोखरे र रामप्रसाद राई गाउँपालिकाको दलगाउँ, भुल्के, टेम्केमैयुङ गाउँपालिकाको, खावा, कोट, गोगने लेखर्क, अन्नपूर्ण नागीलगायत ठाउँमा […]

आम्दानीको स्रोत बन्दै अकबरे खुर्सानी

भोजपुर। व्यावसायिक अकबरे (डल्ले) खुर्सानी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भएपछि खुर्सानी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरुपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । भोजपुर नगरपालिकाको बोखिम, दावाँ, भैँसीपङ्खा, पोखरे र रामप्रसाद राई गाउँपालिकाको दलगाउँ, भुल्के, टेम्केमैयुङ गाउँपालिकाको, खावा, कोट, गोगने लेखर्क, अन्नपूर्ण नागीलगायत ठाउँमा […]

भिरालो जमीन र पाखोमै फले डेढ करोडका सुन्तला

चैत २, गलेश्वर(म्याग्दी । भिरालो जमीन र पाखोबारी मात्रै रहेको म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीको राखु गाउँ केही वर्ष अघिसम्म अनुत्पादक जग्गा भएको सुक्खा गाउँका रुपमा चिनिन्थ्यो तर विगत एक दशकयता राखु गाउँको चिनारी फेरिएको छ । यहाँका गाउँलेले त्यही पाखोबारी मात्र भएको भिरालो जग्गालाई खनीखोस्री गरेर मलजल दिई सुन्तला खेती गरेपछि अहिले सोही गाउँका किसानहरुले आफ्नै गाउँमा बसेर वार्षिक करोडौं रुपैयाँ कमाउन सफल भएका छन् ।            ‘पहिला छ्या ! बाँदर पनि नअडिने अनकन्टार ठाउँ भनेर नाक खुम्च्याउनेहरु अहिले आहा ! कति हराभरा गाउँ भनेर प्रशंसा गर्न थालेका छन्’, वडा सदस्यसमेत रहेकी सुन्तला कृषक मनकुमारी पुनले भनिन्, ‘यस वर्ष सुन्तला विक्री गरेर हामीले गाउँमा १ करोड ५० लाखभन्दा बढी भित्र्यायौं, अब यो अनकन्टार भनिएको पाखोमा सुन्तलाका बोटमार्फत पैसा फल्न थालेको छ ।’             आफुले पनि यस वर्ष सुन्तला विक्री गरेर २१ लाख रुपैयाँ आम्दानी गरेको उनी बताउँछिन् । विगत एक दशकदेखि नर्सरी स्थापना गरी सुन्तलाका बिरुवा उत्पादन गर्दै आएकी पुनले सुन्तलाको दाना र बिरुवा बेचेर रहरलाग्दो आम्दानी गर्न सफल भएको बताइन्। उनले मात्रै होइन तल्लो र माथिल्लो भेकमा विभाजित राखुमा रहेका ६५ घरधुरीले न्यूनतम २० हजारदेखि अधिकतम २१ लाख रुपैयाँसम्मको सुन्तला विक्री गरी गाउँमा १ करोड ५० लाखभन्दा बढी रकम भित्र्याउन सफल भएका हुन् । पुनसँगै राखुमा कुलबहादुर गर्बुजा, जशिकला रोका, भीमकुमारी घर्ती, खिरमती राना र कृष्णबहादुर पुन धेरै सुन्तला विक्री गर्ने कृषकमा पर्छन् ।             परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका यहाँका किसान पछिल्लो समय सुन्तला खेतीतर्फ आकर्षित भएका बेनी–३ का वडाध्यक्ष पदम पुन बताउँछन्। राखुपछि सबैभन्दा धेरै मरेक गाउँका २१ जना कृषकले बगैंचाबाटै सुन्तला बेचेर रु ३२ लाखको सुन्तला बजारमा गएको स्थानीय अगुवा कृषक इन्द्रबहादुर थापाले जानकारी दिए ।             त्यसैगरी हल्लेगौडा, पानीस्वाँरा, ज्यामिरे र चिनखेत क्षेत्रबाट यस वर्ष करिब रु २८ लाखको सुन्तला बजारमा गएको स्थानीय युवा कृषक होम रोका मगरले बताए । सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गाउँभरि नै सुन्तलाका बिरुवा रोपिएको कृषकको भनाइ छ । १० वर्षदेखि पुरानो खाद्यबाली नलगाई व्यावसायिक रुपमा सुन्तलाजातका फलफूल खेतीमा आकर्षित भकिम्लीवासीले हरेक वर्ष उत्पादनमा वृद्धि गरेका छन् ।      यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएको बताउँदै उनले अबको आधा दशकमा अनुकूल मौसम भएमा तेब्बर उत्पादन हुने कृषकहरुको अनुमान रहेको जानकारी दिए । केही कृषकले परीक्षणका लागि सुन्तलाका बिरुवा रोपेको र राम्रो उत्पादन हुन थालेपछि भकिम्लीका अन्य बस्तीमा समेत सुन्तला खेतीको लहर चलेको छ । रोग पत्ता नलागेका कारण समस्यामा परेका कृषकले निरन्तर तालिम तथा विभिन्न औषधि प्रयोग गरेपछि यस वर्ष उत्पादनमा सुधार आएको छ ।         हरेक वर्ष नयाँ बिरुवा वितरण, कृषि ज्ञान केन्द्रसहित विभिन्न निकायबाट समेत प्रोत्साहनका साथै कृषक आफ्नै अगुवाइमा समेत सुन्तलाको खेती विस्तारमा सक्रिय रहेको उनले बताए । सुन्तलाका दाना राम्रा, रसिला र मीठा भएकाले पनि ठूला ट्रक लिएर व्यापारी टाढाटाढाबाट गाउँमा आउन थालेपछि सडक मर्मतसम्भारमा समेत बर्सेनि लाखौं खर्च हुने गरेको छ ।         म्याग्दीको समुन्द्री सतहबाट १ हजार २०० देखि १ हजार ६०० मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए। पछिल्लो समय विदेश गएर फर्किएका युवा कृषक समूह निर्माण गरी व्यावसायिक कृषि, फलफूलतर्फ आकर्षित हुँदै गएकाले उत्पादन बढेको अधिकृत पाण्डेको भनाइ छ ।             जिल्लाका ६ ओटै स्थानीय तहको ३५५ हेक्टर जमीनमा सुन्तला खेती भइरहेकामा यस वर्ष २ हजार १८० मेट्रिक टन सुन्तला उत्पादन हुन्छ । जिल्लामा वार्षिक १७ करोड रुपैयाँ हाराहारीमा सुन्तला विक्री हुने अनुमान गरिएको कृषि केन्द्रले बताएको छ । रासस

हुम्लाका कृषकको मुख्य आम्दानीको स्रोत तरकारी

हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा बेमौसमी तरकारी उत्पादनका लागि अधिकांश कृषक तरकारी खेती गर्नतर्फ आकर्षित भएका छन् । हिउँदयाममा बेमौसमी खेती गरेर तरकारी उत्पादन गरी कृषकले बिक्री गर्दै आम्दानीको मुख्य स्रोत बनाएका छन् ।तरकारी उत्पादन गर्दा धेरै परिश्रम पनि गर्नु नपर्ने र बिक्री ...

चौंरी मेलामा लाखौंको कारोबार

मुस्ताङमा आयोजना हुने परम्परागत चौंरी मेला कृषकको आम्दानीको स्रोत बनेको छ । दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच तथा चेतना नपुगेको अवस्थामा सुरु भएको चौंरी मेला आयोजना गर्ने चलन आधुनिक समाजमा कृषकको आयस्रोतको माध्यम बनेको हो ।