काठमाडौं (अस) । सिद्धार्थ बैंकले काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १५ लाख रुपैयाँको आर्थिक सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीलाई हस्तान्तरण गरे ।
बैंकबाट प्राप्त उक्त रकम केन्द्रले सर्जिकल वार्ड विस्तार गरी बेड थप गर्न उपयोग गर्नेछ । उक्त सहयोगबाट अस्पतालका मुटुरोगी बिरामीलाई केही सहयोग पुग्ने विश्वास बैंकको छ ।a