सिद्धार्थ बैंकले विराटनगरस्थित कोसी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिनहरु हस्तान्तरण गरेको छ ।बैंकका सञ्चालक समितिका सदस्य नरेन्द्रकुमार अग्रवालले अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवलाई मेसिन हस्तान्तरण गरेका हुन् । कोसी अस्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा भीम घिमिरे, सुरेश शर्मा, जगदिशप्रसाद अग्रवाल, राजेन्द्र राउत, ताराचन्द खेतान लगायतका बरिष्ठ उद्योगपति एवं समाजसेवीहरु उपस्थित थिए ।कार्यक्रममा बैकका प्रमुख कार्यकारी […]