प्रधानमन्त्री केपी शर्मा ओलीले अब पुलको समस्या कँहीकतै नह्ुने र पक्की सडक हेर्न राजमार्ग आउने अवस्थाको अन्त्य भएको बताउनुभएको छ । उहाँले बाँस र काठको पुलको युगको अन्त्य गर्दै पक्की पुल बनाउने अभियान चलाएको र त्यो पुरा हुँदै गएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आइतबार आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ को दमक र कमलमा ४ वटा पुलको उद्घाटन र ३१ वटा पुलको शिलान्यास गर्नु भएको छ । मदन भण्डारी राजमार्ग अन्र्तगत बाँहुण्डागी देखि धरानसम्म १३५ किलोमिटर क्षेत्रमा रहेको विभिन्न खोलाहरुको ३१ वटा पुलको शिलान्यास ओलीले एकसाथ गर्नुभएको हो । करिब ४ अरबको लागतमा पुल बन्ने भएको हो ।
शिलान्याससँंगै अब डिजाइन एण्ड बिल्ड मोडल प्रक्रियामा पुलहरु निर्माणको काम शुरु भएको बताइएको छ ।