काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा आठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी शुरु भएको छ।
नेपाल छाला जुत्ता उत्पादक संघले बुधबारदेखि ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ नारासहित बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी शुरु गरेको छ।
प्रदर्शनीको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गरिन्। प्रदर्शनी फागुन ९ गतेसम्म चल्नेछ। प्रदर्शनी उद्घाटन गर्दै मन्त्री चौधरीले नेपाली छाला जुत्ता उद्योगीलाई प्रोत्साहन गरी उत्...