भृकुटीमण्डपमा छाला जुत्ता तथा वस्तुको प्रदर्शनी शुरू

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आठौं बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी शुरू भएको छ । नेपाल छाला जुत्ता उत्पादक संघले बुधवारबाट भृकुटीमण्डपमा प्रदर्शनी गरेको हो ।  प्रदर्शनीको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गरेकी छन् । प्रदर्शनी फागुन ९ गतेसम्म चल्नेछ ।  उद्घाटन कार्यक्रममा मन्त्री चौधरीले नेपाली छाला जुत्ता उद्योगीहरूलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार रहेको बताइन् । उनले पछिल्लो समय बजारमा देखिएको तरलता अभावलगायत समस्याबाट तत्काल उद्योगी व्यवसायीहरू निराश नहुन आग्रह गरिन् । उनले वर्तमान सरकार व्यवसायीहरूको समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउने पक्षमा रहेको बताइन् । उनले छाला जुत्ताको उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धनमा जोड दिनु पर्ने बताइन् ।  प्रदर्शनीमा नेपाल छाला जुत्ता उत्पादित कम्पनी आवद्ध विभिन्न उद्योगहरूले शतप्रतिशत छालाको प्रयोग गरी उत्पादन गरेका जुत्ताहरू राखिएको छ । छाला जुत्ता उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै गएको संघले जानकारी दिएको छ । प्रदर्शनीको मुख्य उद्देश्य लघु घरेलु उद्योगलाई वैज्ञानिकरूपमा आधुनिकीकरण गर्दै विदेशमा निर्यात गर्ने वातावरण बनाई राष्ट्रिय अर्थतन्त्रलाई परिर्वतन ल्याउने रहेको आयोजकको भनाइ छ ।  मेलामा करीब ७० देखि ८० हजार दर्शक भित्र्याउने लक्ष्य संघको छ । मेलामा छालाका नयाँ डिजाइनका आधुनिक जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरू राखिनेछ । मेलामा नेपाली उत्पादन महिला, पुरुष र बालबालिकाका लागि जुत्तालगायत अल्लो र हेम्पबाट बनेका वस्तुहरू प्रदर्शनीमा राखिएको छ । मेलामा अपाङ्ग व्यक्तिहरूलाई विशेष छूटको व्यवस्थासमेत गरिएको छ ।

सम्बन्धित सामग्री

छाला जुत्ता तथा वस्तुको प्रदर्शनी सुरु

काठमाडौंको भृकुटीमण्डपमा आठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी सुरु भएको छ । नेपाल छाला जुत्ता उत्पादक संघद्वारा बुधवारदेखि कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो भन्ने नारासहित बुधबारदेखि आठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी शुरु गरेको हो । फागुण ९ गतेसम्म चल्ने प्रदर्शनीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले […]

भृकुटीमण्डपमा छालाका जुत्ता तथा वस्तुको प्रदर्शनी शुरु (तस्वीरसहित)

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा आठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी शुरु भएको छ। नेपाल छाला जुत्ता उत्पादक संघले बुधबारदेखि ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ नारासहित बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी शुरु गरेको छ। प्रदर्शनीको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गरिन्। प्रदर्शनी फागुन ९ गतेसम्म चल्नेछ। प्रदर्शनी उद्‌घाटन गर्दै मन्त्री चौधरीले नेपाली छाला जुत्ता उद्योगीलाई प्रोत्साहन गरी उत्...

भृकुटीमण्डपमा औद्योगिक मेला जहाँ पाइन्छन् ७७ वटै जिल्लाका उत्पादन

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तुको प्रदर्शनी सुरु भएको छ। प्रदर्शनीमा नेपाल छाला जुत्ता उत्पादित कम्पनी आबद्ध विभिन्न उद्योगहरूले शतप्रतिशत छालाको प्रयोग गरी उत्पादन गरेका जुत्ताहरू राखिएको छ । प्रदर्शनीको मुख्य उद्देश्य लघु घरेलु उद्योगलाई वैज्ञानिक रूपमा आधुनिकीकरण गर्दै विदेशमा निर्यात गर्ने वातावरण बनाई राष्ट्रिय अर्थतन्त्रलाई परिवर्तन ल्याउने रहेको छ ।

फागुन ३ देखि भृकुटीमण्डपमा छाला जुत्ता तथा वस्तु प्रदर्शनी मेला हुने

फागुन ३ गतेदेखि भृकुटीमण्डपमा आठौँ  बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी मेला हुने भएको

भृकुटीमण्डपमा छाला जुत्ता प्रदर्शनी (फोटो फिचर)

बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा छाला जुत्ता तथा वस्तु प्रदर्शनी सुरु भएको छ। ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ नाराका साथ आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी २०७९ सुरु भएको छ।

भृकुटीमण्डपमा जुत्ताचप्पल तथा छालाजन्य वस्तुको मेला सुरू

काठमाडौं । बिहीबार (आज) देखि काठमाडौंस्थित भृकुटीमण्डपको मुख्य प्रदर्शनी हलमा ‘जुत्ता चप्पल तथा छाला जन्य

१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७४ को तयारी पूरा

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ हरेक वर्ष जुत्ता–चप्पल तथा छालाजन्य वस्तुहरूको राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्दै आएकोमा यस वर्ष १४औं जुत्ता–चप्पल तथा छाला जन्य वस्तुहरूको औद्योगिक प्रदर्शनी आयोजना हुँदैछ । यो प्रदर्शनीमा जम्मा १३५ वटा स्टल रहने र जसमा जुत्ता–चप्पल उत्पादन गर्ने उद्योगहरू, छालाजन्य वस्तु उत्पदकहरू, र यस उद्योगहरूका लागि कच्चापदार्थ उत्पादन गर्ने उत्पादक तथा बितरकहरूको समेत सहभागिता रहने आयोजकले जनाएका छन् ।