काठमाडाैं । संखुवासभाको तुम्लिङटार विमानस्थलमा ७२ यात्रु क्षमता भएको एटीआर–७२ विमान सञ्चालन हुने भएको छ । नेपालको सबै भन्दा गहिरो अरुण उपत्यकाभित्र रहेको तुम्लिङटार विमानस्थलमा ७२ यात्रु क्षमता भएको एटीआर–७२ विमान उड्न सक्ने क्षमता भएको हो । नागरिक उड्डयन प्राधिकरणले उक्त विमानस्थलमा गराएको परीक्षण सफल भएपछि बुद्ध एयरलाई काठमाडौं–तुम्लिङटार उडानका लागि अनुमति समेत दिएको छ […]