डोटी – कोरोना कहरका कारण बन्द रहेको डोटीको दिपायल विमानस्थलमा पुनः विमान सञ्चालन भएको छ । कोरोना सङ्क्रमणकाे जोखिम बढेको समयमा यहाँ विमान सञ्चालन भएका थिएनन् ।
अहिले कोरोना जोखिम कम हुँदै गएपछि पुनः विमान सञ्चालन भएको दिपायल विमानस्थल कार्यालयले जनाएको छ । दिपायलदेखि धनगढी विमानस्थलमा हप्ताकाे एक दिन विमान सञ्चालन हुने नागरिक उड्डयन तथा प्राधिकरणको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विमानले दिपायलबाट धनगढीका लागि प्रत्येक शनिवार उडान भर्ने कार्यतालिका छ ।
निजी क्षेत्...