घट्यो अन्तर प्रदेश सवारी भाडादर (सूचीसहित)

यातायात व्यवस्था विभागले अन्तर प्रदेश चलने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ। शनिबार सरकारले डिजेलको मूल्य २९ रुपैयाँ घटाएसँगै विभागले आज आइतबारदेखि नै लागू हुने गरी भाडादर घटाएको...

सम्बन्धित सामग्री

बाग्मती प्रदेशका सवारी साधनको भाडामा वृद्धि

काठमाडौँ – पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएपछि बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा सञ्चालनमा रहेको सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै बाग्मती प्रदेशअन्र्तगत १३ जिल्लाको सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको जनाएको छ । आजदेखि लागू हुनेगरी जारी गरिएको भाडादर वृद्धिमा काडमाडौँ उपत्यकाभित्र […]

डिजलको भाउ बढेको भोलिपल्टै बढ्यो गाडीभाडा (सूचीसहित)

३१ साउन, काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो । तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी […]

आज सार्वजनिक सवारी साधनको भाडादर घट्ने

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारी साधनको भाडा पनि घट्ने भएको छ। यातायात व्यवस्था विभागले आज सार्वजनिक सवारी साधनको नयाँ भाडादर सार्वजनिक गर्ने भएको हो । विभागका महानिर्देशक नमराज घिमिरेले समायोजनको दर आज सार्वजनिक गरिने जानकारी दिए।रेडियो थाहा संचारको कार्यक्रम इकोनोमिक टाइम्समा कुरा गर्दै महानिर्देशक घिमिरेले कार्यालय समय खुल्ने बित्तिकै अन्तर प्रदेशमा चल्ने  सवारीको नयाँ भाडादर सार्वजनिक गरिने बताए। उनले काठमाडौं उपत्यकाको भाडादर समायोजनको जिम

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडाबृद्धि, नयाँ वर्षदेखि लागू हुने

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले भाडादर समायोजन गरेको हो ।श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो । वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुने मन्त्रालयले जनाएको छ । समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर […]

गण्डकीमा फागुन १ गतेदेखि यातायातमा नयाँ भाडादर

कास्की– गण्डकी प्रदेश सरकारले सवारी साधनको छुट्टै गाडी भाडा तोकेको छ । कानुन मन्त्रालयले राजपत्र प्रकाशन गर्दै फागुन १ गतेदेखि नयाँ भाडादर लागू हुने जनाएको हो । भाडा बढाउनका लागि सरकारले सिफारिस समिति नै गठन गरेको थियो । गाडीको प्रकृति अनुसार भाडादर फरक छ । एक जिल्लाबाट अर्काे जिल्ला चल्ने बसमा प्रतिकिलोमिटर ३ रुपैयाँ १० […]

गण्डकीमा १ फागुनदेखि गाडी भाडा बढ्ने, कति पुग्यो नयाँ भाडादर ?

२८ माघ, पोखरा । गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधन र ट्याक्सीको नयाँ भाडादर तोकेको छ । फागुन १ गतेदेखि लागू हुने गरी भाडा बढाइएको हो । भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयले यसअघि नै प्रदेशमा २३ प्रतिशतसम्म भाडा समायोजन गर्ने निर्णय गरिकसकेको थियो । लामो दूरीको बसमा २३.५१ प्रतिशत र नगर बसमा २२.५५ […]

सुर्खेतमा नयाँ सवारी भाडादर तोकिदै

कार्तिक ३०, सुर्खेत । सुर्खेतमा सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरिने भएको छ । जिल्लामा सार्वजनिक यातायातका सवारी साधनले यात्रुसँग आफूखुशी भाडा असुल्न थालेपछि एकरुपता ल्याउन नयाँ वैज्ञानिक भाडा दर कायम गर्न लागिएको हो ।  जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमवार यातायात क्षेत्रलाई मर्यादित एवम् व्यवस्थित बनाउन बसेको सरोकारवालाको बैठकले जिल्लाभरी लागू हुने गरि सार्वजनिक यातायातको नयाँ भाडा दर कायम गर्न लागिएको बताएको छ ।  सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले विभिन्न समयमा सार्वजनिक यातायातका सवारी साधनले मनोमानी भाडा असुल्ने गरेको जनगुनासो आएपछि एकरुपता ल्याउन नयाँ भाडादर कायम गर्न लागिएको जनाए ।  उनले विकृतिलाई हटाउँदै सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित एवम् मर्यादित बनाउन सबै पक्षसँग अपिल गरे । ‘कर्णाली प्रदेश राजधानी समेत रहेको सुर्खेतमा दूर्घटना न्यूनीकरणका लागि यातायात व्यवस्था कार्यालय, सार्वजनिक यातायात क्षेत्रका संघ संस्था, ट्राफिक प्रहरी एवम् सडक डिभिजन लगायत जिम्मेवार हुनुपर्छ,’ उनले भने, ‘असल व्यवसायको संस्कार बसाल्न मनोवृत्ति सुधार गरी यातायात क्षेत्रलाई जिम्मेवार बनाउँदै समृद्धितर्फ तपाई हामी अघि बढ्नु पर्छ ।’ उनले यातायात क्षेत्रमा रहेको विकृति र विसंगति हटाउने जिम्मेवारी सबैको उत्तिकै भएको जिकिर गरे । बैठकमा यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आन्नद चपाईले तीन दिन पहिले गरिएको अनुगमनका क्रममा अधिकांश सार्वजनिक सवारी साधनले मनमानी भाडा असुलेको, सीट क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको, सवारी साधनमा आफूखुशी संरचना बनाएको, सवारी साधनको आवश्यक कागजात साथमा नराख्ने गरेको, रुटपरमिट नभएका सवारी साधनले समेत सवारी बोकेको, सवारी साधन दुरुस्त नराखेको लगायतका समस्या पाईएको जानकारी दिए । उनले दुई दिने अनुगमनका क्रममा ५०० सवारी साधनलाई चेकजाँच गर्दा ४९ ओटा सवारी साधनलाई बाध्य भएर न्यून कारवाही गरि ९४ हजार रुपैयाँ राजस्व संकलन गरेको बताए ।  त्यस्तै, जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले सार्वजनिक सवारी साधनहरुमा नियम कानून कार्यान्वयन तुलनात्मक रुपले सुधारोन्नमुख रहेपनि अझै पर्याप्त हुन नसकेको जिकिर गरे । उनले ट्राफिक नियम कार्यान्वयनका लागि यातायात क्षेत्रका संघसंस्था, सवारी चालक तथा कर्मचारी समेत जिम्मेवार बन्न आवश्यक रहेको औल्याए ।  बैठकमा विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरुलाई सार्वजनिक यातायातमा नियम अनुसार छूट दिनुपर्ने माग अधिकारकर्मीहरुले राखेका थिए । यता सार्वजनिक यातायात क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरुले भने कोरोना कालमा यातायात क्षेत्र बढी धरासायी बनेकाले अझैपनि व्यवसाय माथि उकस्न नसक्दा विभिन्न समस्याहरु झेल्नु परिरहेको प्रति राज्यको पनि यातायात व्यवसाय तर्फ ध्यान पुग्न आवश्यक रहेको औल्याए ।  उनीहरुले अहिलेपनि ट्राफिकलाई विभिन्न बहानामा घुस खुवाउनु पर्ने बाध्यता कायमै रहेको बताए । सडकमा रातो प्लेटका सवारी साधनले आफूखुशी यात्रु ओसारपसार गर्दा सार्वजनिक सवारी साधनलाई ठूलो नोक्सानी उठाउनु परिरहेकाले त्यतातीर समेत ध्यान दिन प्रशासनसँग उनीहरुले आग्रह गरे ।  बैठकमा केही यातायात व्यवसायी प्रतिनिधिहरुले अनावश्यक रुपमा यातायात व्यवस्था कार्यालयले लिने संगीत कर खारेज गर्न समेत माग राखेका थिए ।

सार्वजनिक सवारी साधनको भाडादर वृद्धि

प्रदेश नं १ सरकारले प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले यात्रुवाहक सवारी साधनमा २२ प्रतिशत, तराईको बाटोमा मालवाहकमा २३ प्रतिशत र पहाडी बाटोमा मालवाहकमा १६ प्रतिशत भाडादर वृद्धि गरेको मन्त्रालयका महाशाखा प्रमुख रामप्रसाद फुँयालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । प्रदेशभित्रका विभिन्न रुटमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको भाडादर मन्त्रालयको यही भदौ १ गते बसेको मन्त्रिस्तरीय बैठकले निर्णय गरी सोही मितिदेखि लागू हुने सूचनामा उल्लेख गरिएको छ ।

सार्वजनिक सवारीको भाडा बढ्यो

प्रदेश १ का सार्वजनिक सवारी साधनको भाडा बढेको छ । प्रदेशस्तरमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनको भदौ १ गतेदेखि लागू हुने गरी भाडादर बढाईएको छ ।...