सुर्खेतमा नयाँ सवारी भाडादर तोकिदै

कार्तिक ३०, सुर्खेत । सुर्खेतमा सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरिने भएको छ । जिल्लामा सार्वजनिक यातायातका सवारी साधनले यात्रुसँग आफूखुशी भाडा असुल्न थालेपछि एकरुपता ल्याउन नयाँ वैज्ञानिक भाडा दर कायम गर्न लागिएको हो ।  जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमवार यातायात क्षेत्रलाई मर्यादित एवम् व्यवस्थित बनाउन बसेको सरोकारवालाको बैठकले जिल्लाभरी लागू हुने गरि सार्वजनिक यातायातको नयाँ भाडा दर कायम गर्न लागिएको बताएको छ ।  सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले विभिन्न समयमा सार्वजनिक यातायातका सवारी साधनले मनोमानी भाडा असुल्ने गरेको जनगुनासो आएपछि एकरुपता ल्याउन नयाँ भाडादर कायम गर्न लागिएको जनाए ।  उनले विकृतिलाई हटाउँदै सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित एवम् मर्यादित बनाउन सबै पक्षसँग अपिल गरे । ‘कर्णाली प्रदेश राजधानी समेत रहेको सुर्खेतमा दूर्घटना न्यूनीकरणका लागि यातायात व्यवस्था कार्यालय, सार्वजनिक यातायात क्षेत्रका संघ संस्था, ट्राफिक प्रहरी एवम् सडक डिभिजन लगायत जिम्मेवार हुनुपर्छ,’ उनले भने, ‘असल व्यवसायको संस्कार बसाल्न मनोवृत्ति सुधार गरी यातायात क्षेत्रलाई जिम्मेवार बनाउँदै समृद्धितर्फ तपाई हामी अघि बढ्नु पर्छ ।’ उनले यातायात क्षेत्रमा रहेको विकृति र विसंगति हटाउने जिम्मेवारी सबैको उत्तिकै भएको जिकिर गरे । बैठकमा यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आन्नद चपाईले तीन दिन पहिले गरिएको अनुगमनका क्रममा अधिकांश सार्वजनिक सवारी साधनले मनमानी भाडा असुलेको, सीट क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको, सवारी साधनमा आफूखुशी संरचना बनाएको, सवारी साधनको आवश्यक कागजात साथमा नराख्ने गरेको, रुटपरमिट नभएका सवारी साधनले समेत सवारी बोकेको, सवारी साधन दुरुस्त नराखेको लगायतका समस्या पाईएको जानकारी दिए । उनले दुई दिने अनुगमनका क्रममा ५०० सवारी साधनलाई चेकजाँच गर्दा ४९ ओटा सवारी साधनलाई बाध्य भएर न्यून कारवाही गरि ९४ हजार रुपैयाँ राजस्व संकलन गरेको बताए ।  त्यस्तै, जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले सार्वजनिक सवारी साधनहरुमा नियम कानून कार्यान्वयन तुलनात्मक रुपले सुधारोन्नमुख रहेपनि अझै पर्याप्त हुन नसकेको जिकिर गरे । उनले ट्राफिक नियम कार्यान्वयनका लागि यातायात क्षेत्रका संघसंस्था, सवारी चालक तथा कर्मचारी समेत जिम्मेवार बन्न आवश्यक रहेको औल्याए ।  बैठकमा विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरुलाई सार्वजनिक यातायातमा नियम अनुसार छूट दिनुपर्ने माग अधिकारकर्मीहरुले राखेका थिए । यता सार्वजनिक यातायात क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरुले भने कोरोना कालमा यातायात क्षेत्र बढी धरासायी बनेकाले अझैपनि व्यवसाय माथि उकस्न नसक्दा विभिन्न समस्याहरु झेल्नु परिरहेको प्रति राज्यको पनि यातायात व्यवसाय तर्फ ध्यान पुग्न आवश्यक रहेको औल्याए ।  उनीहरुले अहिलेपनि ट्राफिकलाई विभिन्न बहानामा घुस खुवाउनु पर्ने बाध्यता कायमै रहेको बताए । सडकमा रातो प्लेटका सवारी साधनले आफूखुशी यात्रु ओसारपसार गर्दा सार्वजनिक सवारी साधनलाई ठूलो नोक्सानी उठाउनु परिरहेकाले त्यतातीर समेत ध्यान दिन प्रशासनसँग उनीहरुले आग्रह गरे ।  बैठकमा केही यातायात व्यवसायी प्रतिनिधिहरुले अनावश्यक रुपमा यातायात व्यवस्था कार्यालयले लिने संगीत कर खारेज गर्न समेत माग राखेका थिए ।

सम्बन्धित सामग्री

सुर्खेतमा सवारीसाधनको नयाँ भाडादर तोकिने

सुर्खेत । सुर्खेतमा सार्वजनिक सवारीसाधनको नयाँ भाडादर कायम गरिने भएको छ । जिल्लामा सार्वजनिक यातायातका सवारीसाधनले यात्रुसँग आफूखुशी भाडा असुल्न थालेपछि एकरूपता ल्याउन नयाँ भाडादर कायम गर्न लागिएको हो । यातायात क्षेत्रलाई मर्यादित एवं व्यवस्थित बनाउने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमवार बसेको सरोकारवालाको बैठकले जिल्लाभर लागू हुनेगरी सार्वजनिक यातायातको नयाँ भाडा दर कायम गर्न लागिएको बताएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले विभिन्न समयमा सार्वजनिक यातायातका सवारीसाधनले मनोमानी भाडा असुल्ने गरेको जनगुनासो आएपछि एकरूपता ल्याउन नयाँ भाडादर कायम गर्न लागिएको बताए । यातायात क्षेत्रमा रहेको विकृति र विसंगति हटाउने जिम्मेवारी सबैको उत्तिकै भएको उनको भनाइ छ । बैठकमा यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईंले तीन दिन पहिले गरिएको अनुगमनका क्रममा अधिकांश सार्वजनिक सवारीसाधनले मनमानी भाडा असुलेको, सीट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको, सवारीसाधनमा आफूखुशी संरचना बनाएको, सवारीसाधनको आवश्यक कागजात साथमा नराख्ने गरेको, रूट परमिट नभएका सवारीसाधनले समेत सवारी बोकेको, सवारी साधन दुरुस्त नराखेकोलगायत समस्या पाइएको बताए । दुईदिने अनुगमनका क्रममा ५०० सवारीसाधनको चेकजाँच गर्दा ४९ ओटा कारबाहीमा परेको उनले जानकारी दिए । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले सार्वजनिक सवारीसाधनहरूमा नियम कानून कार्यान्वयन तुलनात्मक रूपले सुधारोन्नमुख रहे पनि अझै पर्याप्त हुन नसकेको बताए । ट्राफिक नियम कार्यान्वयनका लागि यातायात क्षेत्रका संघसंस्था, सवारीचालक तथा कर्मचारी समेत जिम्मेवार बन्न आवश्यक रहेको उनले औंल्याए । बैठकमा विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरूलाई सार्वजनिक यातायातमा नियम अनुसार छूट दिनुपर्ने माग अधिकारकर्मीहरूले राखेका थिए । सार्वजनिक यातायात क्षेत्रका संघसंस्थाका प्रतिनिधिले भने कोरोनाकालमा यातायात क्षेत्र बढी धराशयी बनेको र अझै पनि व्यवसाय माथि उठ्न नसकेकाले विभिन्न समस्या झेल्नुपरिरहेको बताए ।