सार्वजनिक सवारी साधनको भाडादर वृद्धि

प्रदेश नं १ सरकारले प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले यात्रुवाहक सवारी साधनमा २२ प्रतिशत, तराईको बाटोमा मालवाहकमा २३ प्रतिशत र पहाडी बाटोमा मालवाहकमा १६ प्रतिशत भाडादर वृद्धि गरेको मन्त्रालयका महाशाखा प्रमुख रामप्रसाद फुँयालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । प्रदेशभित्रका विभिन्न रुटमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको भाडादर मन्त्रालयको यही भदौ १ गते बसेको मन्त्रिस्तरीय बैठकले निर्णय गरी सोही मितिदेखि लागू हुने सूचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा आजदेखि बढ्यो सार्वजनिक बसको भाडा

काठमाडौँ- काठमाडौं उपत्यकासहित बागमती प्रदेशका सबै जिल्लामा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडादर आजदेखि लागू भएको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी गत चैत २४ गते नै भाडा वृद्धि गरेको थियो । समायोजनपछि सार्वजनिक सवारी साध...

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा आजदेखि बढ्यो सार्वजनिक बसको भाडा

काठमाडौँ- काठमाडौं उपत्यकासहित बागमती प्रदेशका सबै जिल्लामा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडादर आजदेखि लागू भएको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी गत चैत २४ गते नै भाडा वृद्धि गरेको थियो । समायोजनपछि सार्वजनिक सवारी साध...

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडाबृद्धि, नयाँ वर्षदेखि लागू हुने

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले भाडादर समायोजन गरेको हो ।श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो । वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुने मन्त्रालयले जनाएको छ । समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर […]

काठमाडौं उपत्यकामा बढ्यो सार्वजनिक सवारीको भाडा (सूचीसहित)

चैत २६ , काठमाडौं । बाग्मती प्रदेश अन्तर्गत काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बाग्मती प्रदेश सरकारले नयाँवर्ष २०७९ वैशाख  १ गतेदेखि लागू  हुने  गरी भाडादर समायोजन गरेको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले गत शुक्रवार गरेको निर्णय अनुसार सार्वजकि यातायाताको भाडा वृद्धि गरिएको हो । भाडादर समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढ्ने छ । नयाँ भाडादर अनुसार अव यात्रुले पाँच किलोमिटरसम्म २० रुपैयाँ,  १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ,  २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ । मन्त्रालयले  पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढी वा घटी भएमा सोही बमोजिम प्रदेश भित्र सञ्चालन हुने सवारी साधानको भाडा समायोजन हुने बताएको छ। हेर्नुहोस् सूची :