पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्ग जीर्ण : वर्षौंदेखि स्तरोन्नतिको पर्खाइमा

वालिङ( स्याङ्जा) । पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाको पहलमा परामर्शदाताको उपस्थितिमा स्याङ्जाका विभिन्न ठाउँमा आयोजना गरिएका सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाले राजमार्ग स्तरोन्नतिको माग गरेका हुन् ।सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा सडकखण्डको १५७ किलोमिटर सडक स्तरोन्नतिका लागि वर्षौँदेखि आवाज उठ्दै आएको छ । स्याङ्जाको गल्याङ, वालिङ, भिरकोट, पुतलीबजारलगायत ठाउँमा सार्वजनिक सुनुवाइ गरी सरोकारवालाको राय तथा सुझाव सङ्कलन गरिएको सडक विभागका प्रतिनिधि युवराज सत्यालले बताए । बुटवलबाट पोखरासम्म सुझाव सङ्कलन गरिएको उनले बताए । ‘सिद्धार्थ राजमार्ग धेरै पुरानो, साँघुरो र जीर्ण हुँदै गएको छ, यसको स्तरोन्नति गर्नुको विकल्प छैन’, वालिङ नगरप्रमुख कृष्ण खाँण बताउँछन् ।स्याङ्जालीको भविष्यसँगै जोडिएको उक्त राजमार्गको स्तरोन्नति गर्नु अत्यावश्यक रहेको उनले बताए । सडक छेउछाउका बासिन्दा पटक(पटक आतङ्कित भइरहनुभन्दा एकपटक दीर्घकालीन हुने गरी सडक विस्तार गर्ने हो भने सबैलाई राम्रो हुने उनले बताए । ‘भैरहवामा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पर्यटकीय सहर पोखरामा रहेको अन्तरराष्ट्रिय विमानस्थललाई जोड्ने यो सडकको स्तरोन्नति गर्न सकेमात्रै स्याङ्जाको भविष्य उज्वल छ’, उनले भने, ‘त्यसका लागि आवश्यक बजेट र कार्यान्वयनमा सबैले सहयोगसमेत गर्नुपर्दछ, होइन भने हामी नै पछाडि पर्दै जानेछौं।’ सिद्धार्थ राजमार्गको दायाँबायाँ रहेका घरटहरा बचाऔँ सङ्घर्ष समितिका अध्यक्ष पिताम्बर श्रेष्ठले हिजो घरटहरा बचाउनुपर्छ भनेर विरोध गरियो तर आजको विरोध फेरिएको बताए । ‘हिजोका दिनमा सडकको स्तरोन्नतिका लागि सङ्घर्ष समिति नै बनाएर विरोध भयो’, उनले भने, ‘अब पनि सडकको स्तरोन्नति गर्ने, चौडा गर्ने, घुम्ती कटान नगर्ने हो भने यो सडक भएर यातायातका साधन नगुड्ने र अन्यत्र खुलेका वैकल्पिक मार्गबाट सवारीसाधन गुड्ने भएकाले स्याङ्जा जिल्ला नै पछाडि पर्न सक्ने भएकाले हिजोको विरोध र आजको विरोधमा फरक आएको हो ।’ सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको ५२ वर्ष पुग्यो तर अहिलेसम्म पनि स्तरोन्नति हुन नसक्नु दुःखद् रहेको स्याङ्जाका विभिन्न ठाउँमा सरोकारवालाले उठाएको आवाज हो । सडकका घुम्ती काट्ने, चौडा बनाउने कार्यले हालको सडकमा करीब ३२ किलोमिटर छोटिने दाबी छ । घुमाउरो र साँघुरो भएकै कारण सडक दुर्घटना हुनसक्ने भएकाले यसको स्तरोन्नति गरी यात्रा सुरक्षित गराउनका लागि अब सबै एकजुट भएर सम्बन्धित निकायमा दबाब दिनुपर्ने आवाज उठ्ने गरेको छ । हालको अवस्थामा रहेको सिद्धार्थ राजमार्ग अवस्थामा स्तरोन्नति गरी हरेक मौसममा सञ्चालन रहने गरी दुई लेन बिटुमिनस मापदण्डमा बनाउने योजना रहेको छ ।भारतसँग जोड्ने व्यापारिक मार्गका रूपमा रहेको सिद्धार्थ राजमार्गको सबैभन्दा धेरै ६७ दशमलव २ किलोमिटर भाग स्याङ्जा जिल्लामा पर्छ ।गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने त्यसमा पनि तराईलाई पहाडसँग जोड्ने मुख्य सडकको रूपमा यो राजमार्ग रहेको छ । यो सडक हाल ६ दशमलव ८ देखि ७ मिटर चौडा रहेको छ । अब स्तरोन्नति हुने सडक क्यारिजवे चौडाइ सात मिटर र सोल्डर सडकको दुवैतिर १ दशमलव ५ मिटर गरी कुल १० मिटर चौडाइ रहने छ । उक्त सडकमा पाइप कल्भर्ट ३२५, स्ल्याब कल्भर्ट ४३३ र आर्क कल्भर्ट १६ ओटा रहने छन् । पुल ३७ ओटा निर्माण गरिने प्रस्तावित गरिएको छ । विस्तारित सडकखण्डमध्ये ४७ दशमलव १ हेक्टर वन क्षेत्रअन्तर्गत पर्ने आकलन गरिएको छ । यस सडकखण्डमा ४३ ओटा सामुदायिक वन र एक धार्मिक वन पर्दछ । सडक विस्तारका क्रममा दायाँबायाँ गरी २ हजार ८८६ ओटा रुख कटान गर्नुपर्ने छ । आयोजना क्षेत्रमा पर्ने स्तनधारी वन्यजन्तु, सरीसृप, विभिन्न प्रजातिका चरा, विभिन्न प्रजातिका माछा संरक्षणमा ध्यान दिनुपर्ने देखिएको छ ।रासस

सम्बन्धित सामग्री

सडक भासिएपछि सिद्धार्थ राजमार्ग ठप्प

पाल्पा । अविरल बर्षासंगै आएको पहिरोले सडक बगाउदा सिद्धार्थ राजमार्ग ठप्प भएको छ । बुटवल तानसेन खण्डको तिनाउ गाउँपालिका—५ हिउँदेखोलामा सडक बगाउने गरी पहिरो खसेपछि राजमार्ग बन्द भएको हो । विहिबार दिउसो सडक भाँसिएपछि माथीबाट पुरेर साँझ साढे ६ बजेतिर एकतर्फी सडक सञ्चालन गरिएको थियो । ठूला सवारी सधानसमेत सञ्चालन गर्न मिल्ने गरी सडकको माथिल्लो […] The post सडक भासिएपछि सिद्धार्थ राजमार्ग ठप्प appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

खुल्यो अवरुद्ध सिद्धार्थ राजमार्ग

वालिङ – अविरल वर्षासँगै आएको पहिरोका कारण बिहीबार बिहान अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको छ। उक्त राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड अहिले दुईतर्फी नै सञ्चालनमा आएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडमा बिहीबार बिहान ३ः३० बजेतिर पहिरो खसेकाले अवरुद्ध भएको सडक सडक विभाग र पुतलीबजार नगरपालिकाको सहयोगमा सञ्चालनमा […]

स्याङ्जामा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरूद्ध

पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरूद्ध भएको छ। प्रहरीका अनुसार बिहीबार बिहान स्याङ्जा फेदीखोला गाउँपालिका-२ स्थित भालुपहाडमा पहिरो खसेको हो।

सिद्धार्थ राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड आज बिहान ३ः३० बजेदेखि अवरुद्ध भएको हो ।स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडमा ढुङ्गासहितको पहिरो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । ठूलो चट्टानसहितको पहिरो झरेकाले पूर्णरुपमा अवरुद्ध रहेको सडक खुलाउन पहल भइरहे पनि समय लाग्ने प्रवक्ता अधिकारीले बताए ।पहिरो हटाउनका लागि पुतलीबजार न

भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पुर्णरुपमा अवरूद्ध

अविरल परेको वर्षाका कारण सिद्धार्थ राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ । बिहीबार विहान ३ :३५ बजे स्याङ्जाको फेदीखोला गाउँपालिका–२, भालुपहाड स्थित सिद्धार्थ राजमार्गमा माथिबाट ढुंगा सहितको पहिरो झर्दा राजमार्ग पुर्ण...

२४ घण्टादेखि बन्द सिद्धार्थ राजमार्ग खुल्न अझै समय लाग्ने

पाल्पा, भदौं १४ । सिद्धार्थ राजमार्ग २४ घण्टामा पनि खुल्न सकेको छैन । सिद्धार्थ राजमार्ग अन्तर्गतको तानसेन–८, डुम्रेको पहिरो हटाउन नसक्दा सिद्धार्थ राजमार्ग आइतबार बिहानैदेखि अबरुद्ध बनेको हो । पहिराले अबरुद्ध सडक खुलाउने प्रयास भएपनि सफल हुन सकेको छैन । सिद्धार्थ राजमार्गको ठाउँ–ठाउँमा गएको पहिरो हटाएपनि डुमे्रमा गएको पहिरो ठूलो भएका कारण हटाउन अझैँ केही […]

पहिराेले अवरुद्ध सिद्धार्थ राजमार्ग अझै खुलेन

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका राम्दिमा गएको पहिरोको कारण अवरुद्ध सिद्धार्थ राजमार्ग सडक अझै खुल्न सकेको छैन । लगातार बर्षाका कारण बाटो खुलाउन समस्या भएको हो । राजमार्ग अवरुद्ध हुदा स्याङ्जा तर्फ सानाठूला सवारीसाधन गरि ९० र पाल्पा तर्फ ६० सानाठूला सवारीसाधन अलपत्र परेका छन् । राजमार्ग भन्दा करिव ५० मिटर माथिबाट आएको ठुलो चट्टानसहितको […]

एकतर्फी खुल्यो सिद्धार्थ राजमार्ग

पाल्पा : सिद्धार्थ राजमार्ग खुलेको छ। पाल्पास्थित सिद्धार्थ राजमार्ग ३ दिनदेखि पहिरोले बन्द थियो। बिहीबार दिउँसो करिब ३ बजेदेखि राजमार्ग एकतर्फी सुचारु भएको हो। सडक एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।बिहानदेखिको निरन्तर प्रयासपछि सुचारु भएको हो। राजमार्ग सुचारु भएपछि तीन दिनदेखि रोकिएका सवारी साधन गन्तव्यतर्फ जान पाएका छन्। स्काभेटरको सहायताले पहिरो पन्छाउने काम गरिएको थियो।लगतार चार दिनसम्म परेको अविरल वर्षासँगै झरेका पह

तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

पहिरोले तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आज दिउँसो ३ बजेपछि  खुलेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै खसेको पहिरो सडक कार्यालयको डोजरले हटाएपछि एकतर्फी रुपमा खुलेको हो । सडक एकतर्फी रुपमा सूचारु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्लीनारायण पाण्डेले रातोपाटीलाई जानकारी दिए ।तीन दिनदेखि रोकिएका सवारी साधन अहिले आ–आफ्नो  गन्तव्यतर्फ लागेका छन् । यता मंगलबार मध्यान्हदेखि महेन्द्र

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं। पहिरोका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको छ। आज बिहान ६ बजेदेखि स्याङजाको फेदीखोला गाउँपालिकामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरुपमा बन्द भएको थियो। अवरुद्ध भएको ५ घन्टापछि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको हो। सडकभन्दा माथिबाट चट्टानसहित झरेको पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडकखण्ड अवरुद्ध बन्न पुगेको थियो।