कोरोनाविरुद्ध सचेतना अभियान शुरु

ट्राफिक प्रहरीले विश्वमा फैलिँदै गएको दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखेर सचेतना अभियान शुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउनका लागि जनचेतनामूलक अभियान शुरु गरेको हो ।          ‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ्य र सकुशल यात्राको कामना’ भन्ने मूल नाराका साथ शुरु गरिएको कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै महामारीको रूपमा फैलिरहेको कोभिड–१९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन जनचेतनामूलक अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । “यातायात क्षेत्र कोभिड–१९ बाट उच्च जोखिममा रहेको छ, यस क्षेत्रमा बेलैमा सावधानी अपनाएर मात्र चलायमान बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।

सम्बन्धित सामग्री

काठमाडौं महानगरमा कोरोनाविरुद्ध मोडर्ना र फाइजर खोप लगाउन शुरु

काठमाडौं : काठमाडौं महानगरपालिकाले बिहीबार (आज) देखि  कोभिड–१९ विरुद्ध खोप अभियान फेरि सञ्चालन गरेको छ। महानगरपालिकाले आजबाट शुरु गरेको खोप अभियानमा  मोडर्ना र फाइजर खोप दिइनेसमेत जनाएको छ। महानगरपालिकाले सूचना जारी गर्दै महानगरका ३२ वटै वडा कार्यालयका तोकेका स्थानमा बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाउन सकिने समेत जनाएको छ। तर दोस्रो मात्रा र बुस्टर मात्रा लगाउनेले यसअघिको खोप कार्ड लिएर आउन र पहिलोपटक खोप लगाउनेले परिचय खुल्ने परिचयपत्र लिएर आउन समेत भनेको छ।पहिलो

कोभिड-१९ : घट्दै संक्रमण दर, बढ्दै मृतक संख्या

काठमाडौं : कोरोनाको तेस्रो लहर शुरु भएपछि पछिल्ला केही दिनयता कोरोना संक्रमणबाट मृत्यु हुने संख्या दैनिक ५ जनाभन्दा बढी रहेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार धेरै संक्रामक भनिए पनि गम्भीर असर नगर्ने बताइएको ओमिक्रोन भेरिएन्ट समुदायमा तीव्र गतिमा फैलिएको समयमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या बढेको हो।यता मन्त्रालयले पछिल्लो समय कोरोनाको ओमिक्रोन भेरिएन्टको संक्रमण दर घट्दै गएको बताएको छ। कोरोनाविरुद्ध खोप अभियान जारी रहेको भएपनि डेल्टा भेरिएन्टसमेत अझै समुदायमा रहेको र सबै न

भारतमा एकैदिन थपिए तीन लाख ३३ हजारभन्दा बढी कोरोना संक्रमित

माघ ९, नयाँ दिल्ली (भारत) । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका थप तीन लाख ३३ हजार ५३३ जना संक्रमित थपिएका छन् । यो सँगै भारतमा कोरोना शुरु भएयता हालसम्मको कुल संक्रमितको संख्या तीन करोड ९२ लाख ३७ हजार २६४ रहेको जानकारी दिइएको छ । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितहरुको संख्यामा दिन प्रतिदिन वृद्धि हुँदै आइरहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतवार जानकारी दिएको छ । सो मन्त्रालयका अनुसार भारतमा अहिले सक्रिय संक्रमित अवस्था २१ लाख ८७ हजार २०५ रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट दुई लाख ५९ हजार १६८ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसबाटmसंक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरुको संख्या तीन करोड ६५ लाख ६० हजार ६५० पुगेको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९३ दशमलव १८ प्रतिशत रहेको जानकारी दिइएको छ । पछिल्लो एक दिनमा ५२५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या चार लाख ८९ हजार ४०९ रहेको छ । कोरोना शुरु भएदेखि हालसम्म भारतमा ७१ करोड ५५ लाख २० हजार भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ ।  यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ६१ करोड ९२ लाख  ८४ हजारभन्दा बढीले कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ । रासस/एएनआई

गण्डकी प्रदेशका ११ लाखभन्दा बढी नागरिकले लगाए कोरोना विरुद्ध खोपको पूर्ण मात्रा

पुस ६, कास्की । गण्डकी प्रदेशका ११ जिल्लामा गरी हालसम्म ११ लाख १२ हजार १५८ जनाले कोरोना विरुद्ध खोपको पूरा मात्रा (फूल डोज) लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पुस ५ गतेसम्मको तथ्यांकनुसार १४ लाख ७२ हजार ३८७ जनाले पहिलो मात्रा र सो संख्यामा पूरा डोज खोप लगाएका छन् । सरकारले कोरोनाविरुद्ध लड्नका लागि खोप प्रभावकारी हुने भएपछि प्रदेशका सबै जिल्लामा खोप अभियान सञ्चालन गरिरहेको छ । कास्कीमा कोरोना खोपको पहिलो मात्रा भन्दा पूरा डोज लिनेको संख्या बढी छ । तीन लाख ७४ हजार ५५४ जनाले पहिलो मात्रा र तीन लाख ८६ हजार ४१४ जनाले पूरा मात्रा खोप लगाएका छन् । तनहुँमा एक लाख सात हजार ९४३, नवलपरासीमा एक लाख दुई हजार ५८ र  स्याङ्जामा एक लाख २४ हजार ५८६ जनाले पूरा मात्रा खोप लिएको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । यसैगरी, गोर्खामा ९८ हजार ९३१, म्याग्दीमा ५१ हजार ४७१, लमजुङमा ८७ हजार ८०२, पर्वतमा ६० हजार ७४६, बाग्लुङमा ७४ हजार ५८, मुस्ताङ १३ हजार ५८७ र मनाङमा चार हजार ६१२ जनाले पूरा मात्रा खोप लगाएको निर्देशनालयले जानकारी दिएको छ । गण्डकी प्रदेशका कास्की र बागलुङबाहेकका नौ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि पुस गतेसम्म १४ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा खोप अभियान सञ्चालन गरिएको छ । तोकिएका सामुदायिक र संस्थागत विद्यालयमा लगाउन शुरु गरिएको निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए । यस अभियानमा पहिलो मात्र लगाएकालाई आगामी माघ २ देखि १२ गतेसम्म दोस्रो मात्र दिने कार्यक्रम छ । मोर्डना खोप अभियानमा लक्षित संख्या एक लाख ८५ हजार २९८ रहेकोमा एक लाख ९४ हजार ४५० डोज खोप प्राप्त भएको निर्देशनालयले जानकारी दिएको छ । प्रदेशमा हालसम्म तीन लाख ५४ हजार ८४० जनाको कोरोना परीक्षण गरिएकोमा ८८ हजार २८३ जनाको संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म ८६ हजार ७०९ जना निको भएका छन् । संक्रमणबाट एक हजार ४२५ को निधन भएको जानकारी दिइएको छ । रासस

चीनमा कोरोनाविरुद्ध दुई अर्ब चौध करोड डोज खोप लगाइयो

चीनमा कोरोना भाइरसविरुद्ध दुई अर्ब १४ करोडभन्दा बढी डोज खोप लगाइ सकिएको सिन्ह्वा समाचार समितिले जनाएको छ । देशभर दुई अर्व १४ करोड डोज खोप लगाइएको यहाँ राष्ट्रिय स्वास्थ्य निकायले आइतबार जानकारी दिएको छ ।  चीनको हुबे प्रन्तको बुहान शहरबाट सन् २०१९ को डिसेम्बरबाट कोरोना भाइरसको सङ्क्रमण शुरु भएको थियो ।  कोरोना भाइरसबाट प्रभावित भएका सबै देश यसको विरुद्ध खोप अभियान शुरु गरेका छन् । तर चीन खोप अभियान सबभन्दा अगाडि रहेको छ । कोरोनाको कारण हालसम्म विश्वभर २२ करोड ५१ लाख ७४ हजार ४४२ जना

चीनमा कोरोनाविरुद्ध दुई अर्ब चौध करोड डोज खोप लगाइयो

कोरोना भाइरसबाट प्रभावित भएका सबै देश यसको विरुद्ध खोप अभियान शुरु गरेका छन्। तर चीन खोप अभियान सबभन्दा अगाडि रहेको छ।

लक्षित वर्गले नै कोरोनाविरुद्ध खोप नपाएको मन्त्रालयद्वारा स्वीकार

काठमाडाैं : कारोनाविरुद्ध खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन्।सरकारले चीनबाट ल्याएको १० लाख डोज कोरोना विरुद्धको खोप जेठ २५ गतेदेखि ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका नागरिकलाई लगाउन शुरु गरिएको भए पनि कतिपय ठाउँमा खोप अभियान स्थगित भएपछि लक्षित वर्ग मारमा परेका हुन्।कतिपय जिल्लामा अन्य उमेर समूहका मानिसले पनि खोप लगाउन खोजेपछि तथा कतिपय ठाउँमा लक्षित वर्गलाई लगाउन पनि अपुग भएपछि खोप अभियान बन्द हुँदै गइरहेका छन्।मन्त्रालयका सहप्र

कोरोनाविरुद्ध सचेतना अभियान शुरु

काठमाडौं, ३० चैत्र । ट्राफिक प्रहरीले विश्वमा फैलिँदै गएको दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखेर सचेतना अभियान शुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउनका लागि जनचेतनामूलक अभियान शुरु गरेको हो । ‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ्य र सकुशल यात्राको कामना’ भन्ने मूल […]