नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारले आगामी बैशाखमा हुनुपर्ने स्थानीय तहको निर्वाचन टार्ने प्रपञ्च गरेको भन्दै अविलम्ब निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् ।उनले सरकारमा सामेल राजनीतिक पार्टीहरु संविधान र कानुनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा तल्लिन रहेको आरोप समेत लगाएका छन् ।‘निर्वाचन आयोगले आगामी बैशाख महिना भित्रै सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा गर्न पटक पटक सरकारको ध्यान आकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खि