मानवअधिकार तथा शान्ति समाज म्याग्दीको १९औँ साधारण सभा

प्रताप बानियाँ, म्याग्दी ।  मानवअधिकार तथा शान्ति समाज म्याग्दीको सोमबार सदरमुकाम बेनीमा १९औँ वार्षिक साधारण सभा तथा ११औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार’ भन्ने मूल नारासहित १९औँ साधारण सभा तथा ११औँ अधिवेशन आयोजना गरिएको हो । साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै मानवअधिकार तथा शान्ति समाज […]

सम्बन्धित सामग्री

स्मरणमा माघ १९ : राजाको प्रत्यक्ष शासनको विरोधमा पहिलोपटक सडकमा आएको त्यो क्षण

लोभ, मोह, पद, प्रतिष्ठा र सुविधा पूरै त्यागेर ऊबेलामा निरंकुश राजतन्त्र ढाल्न खरो रूपमा उत्रिएका कृष्ण पहाडी नेपालका प्रख्यात मानवअधिकारकर्मी हुन् । विशेषतः मानवअधिकारका क्षेत्रमा उनी विश्वमै चर्चित छन्, सम्मानित छन् । नागरिक समाजका अगुवा र मानवअधिकारकर्मी त नेपालमा अरू धेरै छन् । तर पहाडी निःस्वार्थ रूपमा मानवअधिकार, शान्ति र लोकतन्त्रको पक्षमा वकालत गर्छन् । देश र जनताका लागि लड्छन् । पद, प्रतिष्ठा र सुविधा नस्वीकार्ने उनको घोषित नीति हो । त्यसैले उनी अरू मानवअधिकारकर्मीसँग खासै मिल्दैनन् पनि ।  मानवअधिकार तथा शान्ति समाज...

प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग गर्दै दाङमा प्रदर्शन

दाङ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै मानवअधिकारकर्मीले तुलसीपुरमा प्रदर्शन गरेका छन्।७३ औं अन्तरराष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भमा शुक्रबार मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले आयोजना गरेको अनैतिक प्रधानन्यायाधीश जबराको शीघ्र राजीनामा र बहिर्गमनको माग गर्दै प्रदर्शन गरेका हुन्।प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नागरिक समाज दाङका सल्लाहकार टीकाराम रेग्मीले प्रधानन्यायाधीश जबराको अनैतिक कार्यका कारण स्वतन्त्र न्यायालयमाथि अविश्वास बढ्ने बताए।उनले मानवअधिकार

न्यायपालिका शुद्धीकरण लागि शान्ति समाजको अभियान

मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले न्यायपालिकामा शुद्धीकरण हुनुपर्ने माग राख्दै देशव्यापी अभियान सुरु गरेको छ । विश्व मानवअधिकार दिवसको अवसर पारेर सो शाखाले आज बिहान विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध चैत्य क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन र धर्ना गरी अभियानको सुरुआत गरेको हो । त्यसैगरी, समाजका १५ जिल्ला शाखाले पनि आजै धर्ना कार्यक्रम गरी न्यायालय शुद्धीकरणका …

प्रधानन्यायाधीशको राजीनामा माग्दै शान्ति समाजको प्रदर्शन

मानवअधिकार तथा शान्ति समाज चितवनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै जुलुस प्रदर्शन गरेको छ । समाजले शनिबार बिहान चितवनको पुलचोकमा आधा घण्टा प्रदर्शन गरेको हो । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय सभापति गोबिन्द खनाल लगायत दर्जनौ अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।प्रदर्शनमा न्यायालयलाई प्रदूषित बनाउन पाईंदैन, सौदाबाजी गर्ने प्रधानन्यायाधीश चाहिँदैन, न्यायालयमा राजनीतिक नियुक्ति बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

मानवअधिकार तथा शान्ति समाज काठमाडौँको सभापतिमा ईश्वर पुडासैनी

मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखा सभापतिमा ईश्वर पुडासैनी निर्विरोध निर्वाचित हुनुभएको छ । शाखाको राजधानीमा आयोजित २४औँ अधिवेशनले पुडासैनीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः भगवान् पुडासैनी, प्रमोद फुँयाल, रमेशकुमार बराल र विकास थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ । शाखा कार्यसमिति सदस्यहरुमा सानु लामा, …

हत्या, दमनविरुद्ध शान्ति समाजले अभियान चलाउने

काठमाडौँ । मानवअधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको बैठकले बर्मेली नागरिकको जीवन रक्षा एवं शान्ति र लोकतन्त्र बहालीका लागि ऐक्यबद्धतास्वरुप थालेको अभियानलाई तीव्रता दिने निर्णय गरेको छ ।

बुटवलमा आन्दोलनको सञ्जाल गठन

लोकतन्त्र रक्षाका लागि ‘नागरिक आन्दोलन’ नामक नागरिक सञ्जाल गठन गरिएको छ । सञ्जालको संयोजकमा मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनाल रहेका छन् ।  सञ्जालमा रुपन्देहीमा कार्यरत ३५ संघ–संस्थाका अध्यक्ष...

चिनियाँ दूतावास बाहिर नारा,' युद्ध रोकौं , शान्ति फैलाऔं'

काठमाडौं : चीन र भारतबीच सीमामा तनाव बढ्दै गर्दा बालुवाटारमा रहेको चिनियाँ दूतावास बाहिर केही मानवअधिकार र शान्ति समाज नेपालले प्रदर्शन गर्‍यो प्रदर्शनका क्रममा उनीहरुले चीनलाई युद्ध नगर्न र शान्ति कायम गर्न आग्रह गरेका

नेपाली भूमि अतिक्रमणविरुद्ध शान्ति समाजको प्रदर्शन

काठमाडौं । मानवअधिकार तथा शान्ति समाज रुपन्देही शाखाले भारतले गरेको नेपाली भूमि अतिक्रमणविरुद्ध बुटवलस्थित