हेटौंडा, (नेस) । सामान्य ज्वरो आउँदा समयमै सिटामोलसमेत नपाइने मकवानपुरको विकट गाउँपालिकामा कोरोना संक्रमितको उपचारका लागि अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ । स्थानीय एक व्यक्तिले दानमा दिएको करिब डेढ करोड मूल्य पर्ने जग्गामा अस्पताल स्थापना गरिएको हो । अस्पताल बनाउन वडा–५, ठाडेचुरीका हरिबहादुर चेपाङले २३ कठ्ठा जमिन पालिकालाई दान गरेका थिए । अस्थायी कोभिड […]