कोरोना नियन्त्रण प्रभावकारी बनाउन मन्त्री खाँणको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले कोरोना नियन्त्रण र न्यूनीकरण कार्य प्रभावकारी नदेखिएको भन्दै सबै निकायलाई १ साताभित्र नतिजा ल्याउन निर्देशन दिएका छन् । कोरोना संक्रमणका बेला स्वास्थ्य मन्त्रालयमा थन्किएर राखिएको ३ करोड थान मास्क वितरण गर्न पनि उनले निर्देशन दिए । आमनागरिकको जीवन रक्षाकै लागि राज्य बनेका र राज्य सबैको साझा भएकाले चैतसम्ममा सबै नागरिकले खोप पाउनुपर्ने उनले बताए । ‘प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो उद्घोष नै नागरिकलाई खोप रहेको हुँदा त्यसलाई पूरा गराउनु हामी सबैको दायित्व हो,’ उनले भने । मन्त्र...

सम्बन्धित सामग्री

कोरोना नियन्त्रण प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं, साउन २३। गृहमन्त्री बालकृष्ण खाँणले कोरोना नियन्त्रण र न्यूनीकरण कार्य प्रभावकारी नदेखिएको भन्दै सबै निकायलाई एक साताभित्र नतिजा ल्याउन निर्देशन दिएका छन् । कोरोना सङ्क्रमणका बेला स्वास्थ्य मन्त्रालयमा थन्किएर राखिएको तीन करोड थान मास्क वितरण गर्न पनि उनले निर्देशन दिए । आम नागरिकको जीवन रक्षाकै लागि राज्य बनेका र राज्य सबैको साझा भएकाले चैतसम्ममा सबै नागरिकले […]

कोरोना नियन्त्रण प्रभावकारी बनाउन सीसीएमसीलाई देउवाको निर्देशन

काठमाडौं। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई कोरोना रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। सीसीएमसीका पदाधिकारीसँगको बैठकमा कोरोनाको जानकारी लिँदै उनले त्यस्तो निर्देशन दिएका हुन्। बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारी उपस्थित थिए।

प्रधानमन्त्रीको शपथ बदर गर्नुपर्नेसहित जसपाका तीन माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष तीनवटा माग राखेको छ । अध्यक्ष उपेन्द्र यादवले आज एक विज्ञप्ति जारी गर्दै शपथग्रहणमा भएको गल्ती सच्च्याउन, कोरोना नियन्त्रण प्रभावकारी बनाउन, राजदूत नियुक्ति संविधान बमोजिम समावेशी समानुपातिक सिद्धान्त अनुसार बनाउन माग गरेका हुन् । यस्ता छन् जसपाको माग : प्रधानमन्त्रीले वैशाख ३१...

लकडाउनको ड्रोनबाट अनुगमन

वुटवल । तानसेन– पाल्पामा लकडाउन प्रभावकारी बनाउन ड्रोनबाट अनुगमन गरिने भएको छ । कोरोना नियन्त्रण तथा उपचार