प्रधानमन्त्रीको शपथ बदर गर्नुपर्नेसहित जसपाका तीन माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष तीनवटा माग राखेको छ । अध्यक्ष उपेन्द्र यादवले आज एक विज्ञप्ति जारी गर्दै शपथग्रहणमा भएको गल्ती सच्च्याउन, कोरोना नियन्त्रण प्रभावकारी बनाउन, राजदूत नियुक्ति संविधान बमोजिम समावेशी समानुपातिक सिद्धान्त अनुसार बनाउन माग गरेका हुन् । यस्ता छन् जसपाको माग : प्रधानमन्त्रीले वैशाख ३१...

सम्बन्धित सामग्री

कतै छुटाउनु त भएन, आजका मुख्य १२ खबर

काठमाडौं। सर्वोच्च अदालतमा नेकपा एमालेले ३ रिट दायर गर्दै सभामुखको निर्णय र एकीकृत समाजवादी पार्टी दर्ता बदर गर्न माग गरेको छ। १० एमाले सांसदले एकिकृत समाजवादी पार्टी रोजेपछि प्रदेश १ को सरकार अल्पमतमा परेको छ। प्रदेश २ मा जसपाका १० सांसदले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन्। केन्द्रीय सदस्य कल्याण गुरुङले काँग्र्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

हेर्न नभ्याइनेमा राखियो महन्थ ठाकुरले दायर गरेको रिट

उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगले दिएको जसपाको आधिकारिकताविरुद्धको रिट सर्वोच्च अदालतमा सोमवार हेर्न नभ्याइनेमा राखिएको छ ।  सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासमा परेको उक्त रिट हेर्न नभ्याइनेमा राखिएको हो ।  गत साउन ४ गते जसपाका अर्को अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगले गरेको उक्त निर्णयलाई बदर गरी कार्यान्वयन नगर्न/ नगराउन माग लिएर रिट निवेदन दिएका थिए । दलको आधिकारिकता दिने निर्णयका कारण पार्टी विभाजन हुने तथा नेतृत्वलाई अपुरणीय क्षति हुने भन्दै रिट दायर गरेका हुन् ।

कारवाही बदर गर्न माग गर्दै परेको जसपा सांसदहरूको रिट सर्वोच्चमा दर्ता

पार्टीबाट कारवाहीमा परेका जसपाका ४ प्रदेश सांसदको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । कोरोना महामारीका कारण सेवामा गरिएको कटौतीका कारण यसअघि दर्ता हुन नसकेको रिट आइतवार दर्ता भएको हो । सर्वोच्चको नियमित सेवा सुचारू भइनसकेपनि आइतवारदेखि संवैधानिक व्याख्या, मौलिक हकलगायतका मुद्दाहरूको सुनुवाइ शुरू भएको छ । सेवा शुरू भएलगत्तै जसपा सांसदहरूले आफूहरू माथिको कारवाही उत्प्रेषणको आदेश बदर गर्न माग गर्दै रिट दायर गरेका हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने क्रममा हस्त...