कोरोना नियन्त्रण प्रभावकारी बनाउन सीसीएमसीलाई देउवाको निर्देशन

काठमाडौं। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई कोरोना रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। सीसीएमसीका पदाधिकारीसँगको बैठकमा कोरोनाको जानकारी लिँदै उनले त्यस्तो निर्देशन दिएका हुन्। बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारी उपस्थित थिए।