अब सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य, यस्तो छ गृह मन्त्रालयको ८ बुँदे निर्देशन

गृह मन्त्रालयले कोरोना नियन्त्रण तथा रोकथामको लागि विभिन्न ८ बुँदे निर्देशक जारी गरेको छ । मन्त्रालयले पुस २६ गते मन्त्रीस्तरीय निर्णय यी निर्देशन जारी गरेको हो । पछिल्लो समयमा कोभिड-१९ तीव्र रुपमा फैलिरहेको अवस्थालाई दृष्टिगत गरी सो को रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस अनुसार गृहले निर्देशन जारी गरेको हो। निर्देशन कार्यन्वयनको लागि गृहले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र सबै  जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।यस्ता छन् निर्देशन : १. सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक,सामाजिक एवम् त्यहि प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने । अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने । अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढि भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन आवश्यक व्यवस्था गर्ने । जिल्लाले आफ्ना जिल्ला र स्थानीय तहको अवस्थाको विश्लेषण गरी परिस्थितिजन्य लचकता वा कडाई गर्न समेत सक्ने ।२. सार्वजनिक स्थानहरुमा (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने) साथमा राख्ने र ति निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने गरी यही माघ ७ गतेदेखि लागू गर्ने व्यवस्थाका लागि सबै DCMC ले आवश्यक व्यवस्था गर्ने । ३. माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने ।४. नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने र त्यस्तो परीक्षणबाट संक्रमित देखिएकाहरुलाई तत्काल संस्थागत आईशोलेसन (होल्डिङ्ग सेन्टर, होटल आदि) मा राख्न सम्बन्धित DCMC ले समन्वय गर्न आवश्यक व्यवस्था मिलाउने । ५. सार्वजनिक स्थानहरुमा निशुल्क एन्टिजेन टेस्ट वुथहरु स्थापना गर्न र नियमित खोप केन्द्रहरुमा खोपलाई अभियान कै रुपमा अगाडि बढाउन आवश्यक सहजीकरण गर्ने । ६. नेपाल सरकारबाट २०७८/०८/१३ र २०७८/०९/०८ मा जारी आदेशलाई अध्यागमन विभागबाट ट्राभल एड्भाईजरी जारी गर्दा देहाय अनुसार थप स्पष्ट पार्ने ।क. पूर्ण मात्रा खोप लगाएको र बोडिङ्ग पास जारी हुनु भन्दा ७२ घण्टा भित्रको PCR Negative भएको यात्रुलाई विदेशबाट नेपाल प्रवेशको लागि सम्बन्धित वायुसेवाले वोडिङ्ग पास जारी गर्ने । ख. कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टको पहिलो पटक संक्रमण पहिचान भएका दक्षिण अफ्रिका लगायत ९ (नौ) देशहरुबाट नेपाल आउने वा ती मुलुकहरुमा ट्रान्जिट बनाई नेपाल यात्रा गर्ने नेपाली नागरिक, कूटनीतिक तथा अफिसियल राहदानी वाहक वा आवासीय प्रवेषाज्ञा प्राप्त यात्रुहरुको हकमा मात्र क्वारेण्टिन तथा आईशोलेसनको व्यवस्था लागू हुने ।७. अध्यागमन विभागले ट्राभल एड्भाइजरी सूचना जारी गर्दा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसंग समन्वय गर्ने । त्यस्तो सूचनामा जारी भएको निश्चित मिति, समय र अवधि (duration) पछि मात्र लागू गर्ने व्यवस्था मिलाउने ।८. कोभिड-१९ संक्रमणको स्थानीय अवस्था हेरी जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८ र एकीकृत कोभिङ-१९ रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना, २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरुले पहल गर्ने । 

सम्बन्धित सामग्री

खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्ध  सर्वोच्चमा रिट, बिहीबार पेसी

खोप कार्ड अनिवार्य गर्दा सर्वसाधारणको सार्वजनिक सेवामा पहुँच घटेको जिकिर सरकारले सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्ध  सर्वोच्च अदालतमा परेको रिटमा बिहीबार पेसी तोकिएको छ । खोप कार्ड अनिवार्य...

खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सार्वजनिक सेवा प्राप्त गर्न कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता सल्लु तिवारी र कानूनका विद्यार्थी सविन पोखरेलले संयुक्त रूपमा रिट दायर गरेका हुन् । प्रधानमन्त्री कार्यालयसमेतलाई विपक्षी बनाएर दायर गरेको रिटमा खोप कार्ड अनिवार्य गर्दा नागरिक सरकारी सेवाबाट वञ्चित हुनुपरेको र सरकारको निर्णय गैरकानूनी भएको दाबी रिट निवेदकको छ । राजधानी दैनिकमा खबर छ ।

काठमाडौं प्रहरी परिसरमा जान खोप कार्ड अनिवार्य

१८ माघ, काठमाडौं। काठमाडौं प्रहरी परिसर, टेकुमा जान खोप कार्ड अनिवार्य गरिएको छ । सरकारी प्रोटोकल अनुसार परिसरमा जान खोप कार्ड अनिवार्य गरिएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । तर कतिपय सेवाग्राहीहरुले चाहिँ प्रहरी कार्यालयमा पनि खोप कार्ड अनिवार्य हुँदा सेवा लिन समस्या भएको बताए । सेवा लिन टेकु जाने सेवाग्राहीसँग खोप कार्ड […]

मनाङ प्रवेशका लागि कोभिड विरुद्धको खोप कार्ड अनिवार्य

कोभिड–१९ को तेस्रो भेरियन्ट (ओमिक्रोन) भाइरस फैलिरहेको अवस्था छ । कोभिडको संक्रमण बढेसँगै हिमाली जिल्ला मनाङ प्रवेशका लागि कोभिड विरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ । पर्यटक तथा सर्वसाधारणलाई मनाङ प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार विना खोप कार्ड चालकलाई पनि सवारी सञ्चालनमा रोक लगाइएको छ ।कोरोनाका सक्रिय संक्रमित शून्य रहेको मनाङमा संक्रमणबाट बच्न जिल्ला बाहिरबाट आउने व्यक्तिलाई मास्क र खोप कार्ड अन

सिंहदरबार प्रवेशका लागि खोप कार्ड अनिवार्य

काठमाडौँ । आज (शुक्रबार)देखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै सिंहदरबार प्रवेश गर्न पाइने भएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण रोकथामका लागि भन्दै काठमाडौँ उपत्यकाका प्रशासनले शुक्रबारदेखि सार्वजनिक स्थानमा जाँदा खोप कार्ड अनिवार्य गरेको हो । सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदिमा जाँदा पनि खोप कार्ड अनिवार्य […]

आजबाट सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य

काठमाडौँ । सार्वजनिक स्थानमा जाँदा आज(शुक्रबार) देखि कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड अनिवार्य गरिएको छ । यसैगरी जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोप कार्ड अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने छ । खोप लगाएको […]

आन्तरिक हवाई उडानमा खोप कार्ड अनिवार्य

काठमाडौं, माघ ५ । आन्तरिक हवाई उडानमा पनि खोप कार्ड अनिवार्य गरिएको छ । नेपाल वायुसेवा सञ्चालक संघले ओमिक्रोन नियन्त्रणका लागि निर्देशिका जारी गर्दै उडानका लागि खोप कार्ड अनिवार्य गरेको जनाएको हो । यात्रु स्वास्थ्य सुरक्षासँगै सेवालाई सहज गर्न यस्तो व्यवस्था गरिएको संघको भनाइ छ । संघले खोप कार्डको मोबाइल तस्विरलाई पनि मान्यता दिने भएको […]

खेल हेर्नलाई खोप कार्ड अनिवार्य

काठमाडौं । कोरोना संक्रमण दर बढेपछि अबदेखि रंगशालामा खेल हेर्न जाने दर्शकका लागि खोप कार्ड अनिवार्य गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले अब रंगशालामा फुटबल हेर्न खोप कार्ड अनिवार्य भएको बताउनु भएको छ । हाल राजधानीको दशरथ रंगशालामा भइरहेको सहिद स्मारक ए डिभिजन लिग हेर्न जाने दर्शकले आफूले कोरोना […]

सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य

जुम्लामा अध्ययन, अवलोकन भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकसँगै स्थानीयलाई सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य गरिएको छ। खोप कार्डविना सार्वजनिक स्थलमा जान नपाइने भएको हो।...

सार्वजनिक स्थानहरुमा प्रवेश गर्न खोप कार्ड अनिवार्य (आदेशसहित)

काठमाडौं, २७ पौष । सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य गरिएको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालयले आदेश जारी गर्दै खोप कार्ड अनिवार्य गरेका हुन् । सार्वजनिक स्थानहरु कार्याल्य, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क, आदि मा प्रवेश गर्दा ७ माघबाट कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने उल्लेख छ […]