काठमाडौं । उद्योगी व्यवसायीले मुलुकको बिग्रँदो अर्थतन्त्र सम्हाल्नका लागि अर्थनीति नै ठिक नभएको गुनासो गरेका छन् । राजधानीमा नेपाली कंग्रेसका नेताहरुसंगको छलफलमा अधिकांश उद्योगी व्यवसायीले मुलुकको अर्थतन्त्र र सरकारको मौद्रिक नीतिको विषयमा गुनासो गरेका हुन् । उद्योगी व्यवसायीले राजनीतिक अस्थिरता र स्थिर मौद्रिक नीति नहुँदा अर्थतन्त्रमा संकट पैदा भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । […]