पर्वत : जबरजस्ती करणी मुद्दामा १९ वर्ष कैद सजाय तोकिएका एकजना फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार कास्कीको पोखरा महानगरपालिका–२८ माझठानाका ७१ वर्षीय तारानाथ तिवारीलाई सजाय सुनाएको ३ वर्षपछि पक्राउ गरिएको हो। उनले अपाङ्गता भएकी नाबालिकालाई २०७६ सालको साउन ७ गते जबर्जस्ती करणी गरेका थिए।घटनालगत्तै पक्राउ परेका उनीमाथि अनुसन्धान सकेर अदालतमा पेश गर्दा तिवारीलाई पुर्पक्षको लागि