काठमाडौं : रुसले युक्रेनका विभिन्न शहरमा दर्जानौ मिसाइल प्रहार गरेको छ। पूर्वी शहर डिनिप्रोको अपार्टमेन्ट ब्लकमा भएको आक्रमणमा कम्तिमा १२ जनाको मृत्यु भएको छ। मिसाइल आक्रमणपछि भवनको ठूलो हिस्सा ध्वस्त भएको छ भने १४ बालबालिकासहित ६४ जना घाइते भएका छन्। भवनमा धेरै मानिस फसेका छन्। मध्य युक्रेनका सहरहरूबाट पनि ठूलो विस्फोटको आवाज सुनिएको छ। राजधानी कीभ, खार्किभ र ओडेसा लगायतका शहरहरूमा पनि मिसाइल प्रहार भएको छ। धेरै शहरहरूमा मिसाइलहरूले विद्युतीय पूर्वाधारमा प्रहार गरेपछि