सवारी दुर्घटनामा परी तनहुँमा चार महिनामा १२ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको हो । पृथ्वीराजमार्गका विभिन्न खण्डमा उक्त अवधिमा २७ वटा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा परी ४० जना घाइते भएका थिए । सडकको भौगोलिक बनावट र खाल्डाखुल्डी पनि सडक दुर्घटनाको प्रमुख कारण रहेको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले बताए । पृथ्वीराजमार्ग अन्तर