जम्मु काश्मिरको एक मन्दिरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु

भारत प्रशासित जम्मु काश्मिरको एक मन्दिरमा भागदौड मच्चिदा १२ जनाको मृत्यु भएको छ । नयाँ वर्ष २०२२ को अवसरमा वैष्णोदेवी मन्दिरमा दर्शन गर्न पुगेका तिर्थयात्रीहरुबीच भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको हो । भागदौडमा २० जनाभन्दा बढी घाइते भएका छन् । जम्मु काश्मिरको त्रिकुटा पहाडमा अवस्थित सो मन्दिर ५ हजार २०० फुटको उचाईमा रहेको छ । समाचार एजेन्सी एएनआईलाई स्थानीय प्रहरी अधिकारी लिबाग सिंहले भनेका छन् : ‘कटरास्थित माता वैष्णोदेवी मन्दिर परिसरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ