तस्वीर : ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङमार्ग

म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर ३ को सुरुङमार्ग । ३८ प्रतिशत मात्रै भौतिक प्रगति भएको यस आयोजनामा कुल ६ किलोमिटर २०० मिटर लामो सुरुङमध्ये हालसम्म दुई हजार २०० मिटर मात्रै सुरुङ निर्माण सकिएको छ । तस्वीर : रासस  

सम्बन्धित सामग्री

राहुघाट विद्युत् आयोजनालाई गति दिन निर्देशन

म्याग्दी : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत् प्राधिकरणले म्याग्दीमा निर्माण गर्दै गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणलाई गति दिन निर्देशन दिएका छन्।उलने म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा निर्माणाधीन आयोजनाको विद्युत्गृह निरीक्षण गर्दै आयोजना चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिएका हुन्।मन्त्री बस्नेतसहित संविधानसभा सदस्य गोविन्द पौडेल, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, नेपाल विद्युत् प्राधिकरणका का

राहुघाट जलविद्युत् आयोजना: १४ वर्षमा बल्ल सकियो ६० प्रतिशत काम

नेपाल विद्युत् प्राधिकरणको निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको १४ वर्षमा ६० प्रतिशत काम सकिएको छ ।

म्याग्दीमा विद्युत् आयोजनाले गति लियो, ५४ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिँदै

म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा निकट भविष्यमा नै ५४ मेगावाट विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारण लाइनबाट वितरण गरिने भएको छ।हाइड्रो डिष्ट्रिकको रूपमा चिनिएको म्याग्दीमा सञ्चालित १४० मेगावाट भन्दा बढीका १४ मध्ये  अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। त्यसैगरी रघुगंगामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणले पनि बल्ल गति लिएको छ। आयोजना निर्माणका लागि भारतीय आयात निर्या

एकैसाथ दुई जलविद्युत् आयोजनाको निर्माण शुरू

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा एकैसाथ दुईओटा जलविद्युत् आयोजनाको निर्माण शुरू गरिएको छ । तुँदी पावर कम्पनीले ३५ दशमलव पाँच मेगावाट क्षमताको मंगले राहुघाट र ४८ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । आयोजनाका इञ्जिनीयर प्रकाश तिमिल्सिनाले दुईओटै आयोजनाको पहुँचमार्गको काम सकेर सुरुङ खन्ने काम थालिएको बताए । ‘मौवाफाँटदेखि बन्दीघाटसम्म सडक र दुईओटा बेलिब्रिज बनाएर आयोजना निर्माणस्थललाई पहुँचमार्गसँग जोडेका छौं,’ उनले भने, ‘सुरुङ निर्माण थालिएको र दुईओटै आयोजनाको विद्युत्गृह र बाँधको काम शुरू गर्ने तयारीमा छौं ।’ पाँच हजार ५०० मिटरमध्ये दुईओटा अडिटबाट ५२० मिटर सुरुङ खनिसकिएको र राहुघाट मंगलेको पनि थप तीनओटा अडिटबाट सुरुङ खन्ने तयारी भएको छ । माथिल्लो राहुघाटको पाँच किलोमिटरमध्ये दुईओटा अडिटबाट २३१ मिटर सुरुङ निर्माण गरिएको छ । बन्दीमा बाँध निर्माणाधीन अवस्थामा रहेको राहुघाट मंगले जलविद्युत् आयोजनाको चिमखोलाको मलाङमा विद्युत्गृह बनाउन जग्गा व्यवस्थापनको काम भइरहेको छ । दग्नामको अजिंगर भीरदेखि बन्दीसम्म सात किलोमिटर पहुँचमार्ग खनेको यस आयोजनाले बगरखोलामाथि ३० मिटर लामो बेलिब्रिज निर्माण गरेपछि आवतजावत गर्न सहज भएको छ । घ्याँसीखर्कमा अर्को बेलिब्रिज बनाउने तयारी भएको आयोजनाका प्रतिनिधि उपेन्द्र गौतमले बताए । कुल लागत पाँच अर्ब ९२ करोड लागत अनुमान गरिएको मंगले राहुघाटको आउटलेटदेखि ३५० मिटर तल रहेको विद्युत्गृहमा पानी खसालेर विद्युत् उत्पादन गरिनेछ । राहुघाट मंगलेकोको विद्युत्गृहबाट निस्कने र बगरखोलाको पानी मिसाएर मलाङमै बाँध र राहुघाट जलविद्युत् आयोजनाको बाँधदेखि ५०० मिटरमाथि विद्युत्गृह बनाउने गरी अर्काे माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको पनि निर्माण शुरू भएको हो । विद्युत्गृह र अडिट निर्माणस्थल पुग्ने पहुँचमार्ग निर्माण गरिएको छ । विद्युत्गृह निर्माणस्थल नजिकै राहुघाट नदीमाथि ६९ मिटर लामो बेलिब्रिज निर्माण गरिएको छ । आयोजना निर्माणमा आवश्यक विष्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि रघुगंगा–७ स्थित चिमखोलामा नेपाली सेनाको क्याम्प तथा प्रहरीको चौकी स्थापना गरिएको छ । उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगंगा–३ अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेशनदेखि चिमखोलासम्म २०० केभी क्षमताको १३ किलोमिटर दूरीको प्रसारण लाइन बनाउन वातावरणीय परीक्षणको प्रक्रियामा रहेको छ । राहुघाट नदीको सहायक ठूलो खोलामा संयुक्त ऊर्जा प्रालिले २१ दशमलव तीन मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजना निर्माण थालिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । राहुघाटको ३५ प्रतिशत पूर्वाधार निर्माण सकिएको छ । रासस

राहुघाट नदीमा एकैसाथ दुईओटा जलविद्युत् आयोजनाको निर्माण शुरु

फागुन १, म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा एकैसाथ दुईओटा जलविद्युत् आयोजनाको निर्माण शुरु गरिएको छ ।  तुँदी पावर कम्पनीले ३५ दशमलव पाँच मेगावाट क्षमताको मंगले राहुघाट र ४८ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । आयोजनाका इञ्जिनीयर प्रकाश तिमिल्सिनाले दुईओटै आयोजनाको पहुँचमार्गको काम सकेर सुरुङ खन्ने काम थालिएको बताए ।  ‘मौवाफाँटदेखि बन्दीघाटसम्म सडक र दुईओटा बेलिब्रिज बनाएर आयोजना निर्माणस्थललाई पहुँचमार्गसँग जोडेका छौ,’ उनले भने ‘सुरुङ निर्माण थालिएको र दुईओटै आयोजनाको विद्युतगृह र बाँधको काम शुरु गर्ने तयारीमा छौ ।’  पाँच हजार ५०० मिटरमध्ये दुईओटा अडिटबाट ५२० मिटर सुरुङ खनिसकिएको र राहुघाट मंगलेको पनि थप तीन ओटा अडिटबाट सुरुङ खन्ने तयारी भएको छ । माथिल्लो राहुघाटको पाँच किलोमिटरमध्ये दुई ओटा अडिटबाट २३१ मिटर सुरुङ निर्माण गरिएको छ । बन्दीमा बाँध निर्माणाधीन अवस्थामा रहेको राहुघाट मंगले जलविद्यु्त् आयोजनाको चिमखोलाको मलाङमा विद्युतगृह बनाउनका लागि जग्गा व्यवस्थापनको काम भइरहेको छ ।  दग्नामको अजिंगर भीरदेखि बन्दीसम्म सात किलोमिटर पहुँचमार्ग खनेको यस आयोजनाले बगरखोलामाथि ३० मिटर लामो बेलिब्रिज निर्माण गरेपछि आवतजावत गर्न सहज भएको छ । घ्याँसीखर्कमा अर्को बेलिब्रिज बनाउने तयारी भएको आयोजनाका प्रतिनिधि उपेन्द्र गौतमले बताए । कुल लागत रू. पाँच अर्ब ९२ करोड लागत अनुमान गरिएको मंगले राहुघाटको आउटलेटदेखि ३५० मिटर तल रहेको विद्युत्गृहमा पानी खसालेर विद्युत् उत्पादन गरिनेछ ।  राहुघाट मंगलेकोको विद्युतगृहबाट निस्कने र बगरखोलाको पानी मिसाएर मलाङमै बाँध र राहुघाट जलविद्युत् आयोजनाको बाँधदेखि ५०० मिटरमाथि विद्युतगृह बनाउने गरी अर्को माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको पनि निर्माण शुरु भएको हो ।  विद्युतगृह र अडिट निर्माणस्थल पुग्ने पहुँचमार्ग निर्माण गरिएको छ । विद्युत्गृह निर्माणस्थल नजिकै राहुघाट नदीमाथि ६९ मिटर लामो बेलिब्रिज निर्माण गरिएको छ । आयोजना निर्माणमा आवश्यक विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि रघुगंगा–७ स्थित चिमखोलामा नेपाली सेनाको क्याम्प तथा प्रहरीको चौकी स्थापना गरिएको  छ ।  उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोड्न रघुगंगा–३ अम्बाङमा बन्न लगेको राहुघाट सवस्टेशनदेखि चिमखोलासम्म २०० केभी क्षमताको १३ किलोमिटर दूरीको प्रशारण लाइन बनाउन वातावरणीय परीक्षणको प्रक्रियामा रहेको छ । राहुघाट नदीको सहायक ठूलो खोलामा संयुक्त ऊर्जा प्रालीले २१ दशमलव तीन मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजना निर्माण थालिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।  राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । राहुघाटको ३५ प्रतिशत पूर्वाधार निर्माण सकिएको छ । रासस

ठूलोखोला जलविद्युत आयोजना निर्माण सुरु

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ठूलोखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । संयुक्त ऊर्जा प्रालीले रघुगङ्गा गाउँपालिका–७ र ८ मा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण थालेको हो । आयोजनाका प्रमुख रविन्द्र हमालले ११५ मिटर सुरुङ निर्माण गरिएको जानकारी दिए । “बन्दीघाटदेखि सुगरथलामा रहने बाँध निर्माणस्थलसम्म नौ किलोमिटर पहुँचमार्ग र छहरीमा बन्ने विद्युत गृह जोड्ने राहुघाट नदीमाथी ३७ मिटर लामो बेलिब्रिज निर्माण भएको छ”, उनले भने , “एक हप्ताभित्र बाँधतर्फबाट पनि सुरुङ खन्न सुरु गर्छौं ।”तीन हजार ६०० मिटर लामो सुरुङ र एक किलोमिटर पेनस्टक पाइपलाइन रहने आयोजनाको आउटलेटदेखि विद्युत गृहको उचाइ (हेडरेड) ४०० मिटर छ । एसएसएसएन साकुरा जेभी सिभिल ठेकेदार रहेको आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार छनोट गर्ने क्रममा रहेको आयोजना प्रमुख हमालले बताए ।कूल रु तीन अर्ब ५७ करोड लागत अनुमान गरिएको आयोजना सन् २०२३ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । नेपाल बैंकको अगुवाइमा अन्य बैंकले लगानी गरेका छन् । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा बस्तीदेखि टाढा रहेको आयोजनाको दुई वर्षअघिदेखि थालिएको पहुँचमार्ग निर्माण सकिएपछि बाँध, सुरुङ र विद्युत्गृहको कामले गति लिएको छ ।विद्युत्गृह निर्माणस्थलमा कटान रोकथामका लागि पर्खाल निर्माण गर्ने काम सकेर डिजाइन तयार पारिएको छ । राहुघाट नदीको बायाँतर्फबाट निर्माण भएको पहुँचमार्गलाई विद्युत्गृह र आउटलेट जोड्न राहुघाट नदीमा बेलिब्रिज बनाएको आयोजनाका जनसम्पर्क अधिकृत राम खत्रीले बताए ।यस आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगङ्गा गाउँपालिका–३ अम्बाङमा निर्माण हुन लागेको १३२ केभी क्षमताको राहुघाट सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । ठूलोखोला राहुघाटको सहायक नदी हो । विद्युत विकास विभागका अनुसार राहुघाट र सहायक खोलामा १४६.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् ।पाँच दशमलव पाँच मेगावाट क्षमताको एउटा आयोजनाले निर्माणको अनुमति मागेको छ । यस्तै २४.६५ मेगावाट क्षमताका तीन आयोजना सर्वेक्षणका क्रममा छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावर लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।तुदी पावर लिमिटेड प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको राहुघाट मंगले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना गत वर्षदेखि निर्माण सुरु भएको थियो । प्रवासी म्याग्देलीको अगुवाइमा मोना हाइड्रोपावर लिमिटेडले रघुगङ्गा–७ चिमखोलामा ५.५ मेगावाट क्षमताका बगरखोला जलविद्युत् आयोजनाको सर्वेक्षणको काम सकेर निर्माण सुरु गर्न विद्युत् विकास विभागमा अनुमति मागेको छ । बगरखोला पनि राहुघाटको सहायक नदी हो ।रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा कर्णाली हाइड्रो लिमिटेडले ४.७५ मेगावाट क्षमताको स्यानोखोला जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति लिएको छ । कुइनेमङ्गलमै ग्रिन माउन्ट इनर्जी लिमिटेडले ४.९० मेगावाट क्षमताको अपर ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले १५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएका विद्युत् विकास विभागले जनाएको छ ।राहुघाट र सहायक नदीमा बन्ने जलविद्युत् आयोजना निर्माणलाई गति दिन मौवाफाँटदेखि दग्नाम, दर्मीजा, चिमखोला हँुदै कुइनेमङ्गले जोड्ने सडक निर्माणमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले जलविद्युत् आयोजनासँग साझेदारी गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

राहुघाट जलविद्युत् आयोजना : पाँच वर्षमा ३८ प्रतिशत मात्रै भौतिक प्रगति

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ३८ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडद्वारा प्रवर्द्धित सो आयोजनामा अहिलेसम्म उक्त भौतिक प्रगति भएको हो । नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत शेयर लगानीमा २०७३ सालमा स्थापित उक्त कम्पनीसँग २०७४ मंसिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्स (जेपी)ले सुरुङ र विद्युत्गृह निर्माण गरिरहेको आयोजनाले बताएको छ । आयोजना प्रमुख राजबहादुर विष्टले कमजोर भूबनोटका कारण सुरुङ निर्माणमा अपेक्षाकृत प्रगति नभएको बताए । कुल ६ दशमलव २ किलोमिटर लामो सुरुङमध्ये हालसम्म २ दशमलव २ किलोमिटर मात्र निर्माण सकिएको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्जसाफ्ट र सुरुङको ब्रेक थ्रू भएर ३३० मिटर गहिरो प्रेसर साफ्ट निर्माण भएको छ । सिभिल ठेकेदारले चार ठाउँबाट मुख्य सुरुङ र दुई ठाउँबाट प्रेसर साफ्ट सुरुङ खन्ने काम गरिररहेको छ । सुरुङ, विद्युत्गृह र ड्याम साइट निर्माणमा अहिले ४५० जना जनशक्ति परिचालन भएको आयोजनाले बताएको छ । विद्युत्गृहबाट दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ । बुग्लस्थित रघुगंगा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटरेबल पुल निर्माण भएको छ । यस्तै राहुघाटबाट उत्पादन हुने विद्युत् कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमा जोड्न लुपइन–लुपआउटका चारओटा टावर तयार भएको छ । अर्धजलाशययुक्त प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य सहित २०७५ चैतमा विद्युत् खरीदविक्री सम्झौता (पीपीए) गरेको थियो । अहिले सिभिल ठेकेदारले मात्रै काम गरिरहेकोमा यसै सातादेखि इलेक्ट्रोमेकानिकल ठेकेदार भारत हेभी इलेक्ट्रकल्स लिमिटेड (भेल)ले समेत कार्यक्षेत्रमा काम शुरू गरेको रघुगंगा आइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्काको सम्झौता भए पनि सम्झौता भएको दुई वर्षपछि मात्रै ठेकेदार कम्पनी कार्यक्षेत्रमा परिचालित भएको हो । विद्युत्गृहमा सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदार तथा परामर्शदाताले समेत समन्वय गरेर पूर्वाधार निर्माणलाई तीव्रता दिने कम्पनीका प्रबन्ध सञ्चालक केसीले बताए । ३६ महिना अवधि रहेको इलेक्ट्रोमेकानिकल ठेक्काको समय अब १ वर्ष मात्रै बाँकी छ । सिभिल ठेकेदारको ४५ महिनाको म्याद सकिएपछि प्राकृतिक विपद् र कोरोनाको महामारीलाई कारण देखाएर एक वर्ष म्याद थप गर्न प्रस्ताव गरिएको छ । राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण गर्दा रघुगंगा गाउँपालिका–३ पिप्लेको साजा क्षेत्रका अधिकांश घर चर्किएका छन् । हरेक दिन सुरुङभित्र गरिने विष्फोटको कम्पनले घरहरू चर्किने क्रम बढे पनि आयोजनाले उचित ध्यान नदिएको स्थानीयवासीको गुनासो छ । घरहरू चर्किएर बस्न नमिल्ने अवस्थामा पुग्दा समेत पुनर्निर्माणका लागि न्यून मात्रामा रकम दिने भएकाले आफूहरू समस्यामा परेको स्थानीय नारायण सुवेदीले बताए । उनका अनुसार अहिले आयोजनाबाट घर चर्किएर भत्कने अवस्थामा पुगेका घरधनीलाई अस्थायी आवास निर्माण गर्न १ लाख ७५ हजार मात्रै रकम दिने गरिएको छ । उक्त रकम अपुग हुने भएकाले स्थानीयवासी चर्किएकै घरमा जोखिमपूर्ण रूपमा बस्ने गरेका छन् । पिप्लेमा मात्रै दर्जनौं घर चर्किएका छन् ।

राहुघाट जलविद्युत् आयोजनाको प्रगति ३० प्रतिशत

म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजना ढिलासुस्तीले थलिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ३० प्रतिशतमात्र काम सम्पन्न भएको छ । सम्झौता भएर विभिन्न चरणका ठेकेदारले समयमै काम गर्ने जनशक्ति फिल्डमा नल्याई १२ वर्ष बितिसक्दा पनि ३० प्रतिशत काममा सीमित भएको छ ।भारतीय एक्जिम बैंकको ६७ […]