नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको निर्माण कार्य सुस्ताएको छ । भारतीय सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सका मजदुरहरुले समयमा पारिश्रमिक नपाउँदा म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत्को बाँध, सुरुङ र विद्युत्गृह निर्माण कार्य सुस्ताएको हो । आयोजना प्रमुख राजबहादुर विष्टले सिभिल ठेकेदारका मजदुरहरुको आन्दोलनका...