एकैसाथ दुई जलविद्युत् आयोजनाको निर्माण शुरू

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा एकैसाथ दुईओटा जलविद्युत् आयोजनाको निर्माण शुरू गरिएको छ । तुँदी पावर कम्पनीले ३५ दशमलव पाँच मेगावाट क्षमताको मंगले राहुघाट र ४८ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो । आयोजनाका इञ्जिनीयर प्रकाश तिमिल्सिनाले दुईओटै आयोजनाको पहुँचमार्गको काम सकेर सुरुङ खन्ने काम थालिएको बताए । ‘मौवाफाँटदेखि बन्दीघाटसम्म सडक र दुईओटा बेलिब्रिज बनाएर आयोजना निर्माणस्थललाई पहुँचमार्गसँग जोडेका छौं,’ उनले भने, ‘सुरुङ निर्माण थालिएको र दुईओटै आयोजनाको विद्युत्गृह र बाँधको काम शुरू गर्ने तयारीमा छौं ।’ पाँच हजार ५०० मिटरमध्ये दुईओटा अडिटबाट ५२० मिटर सुरुङ खनिसकिएको र राहुघाट मंगलेको पनि थप तीनओटा अडिटबाट सुरुङ खन्ने तयारी भएको छ । माथिल्लो राहुघाटको पाँच किलोमिटरमध्ये दुईओटा अडिटबाट २३१ मिटर सुरुङ निर्माण गरिएको छ । बन्दीमा बाँध निर्माणाधीन अवस्थामा रहेको राहुघाट मंगले जलविद्युत् आयोजनाको चिमखोलाको मलाङमा विद्युत्गृह बनाउन जग्गा व्यवस्थापनको काम भइरहेको छ । दग्नामको अजिंगर भीरदेखि बन्दीसम्म सात किलोमिटर पहुँचमार्ग खनेको यस आयोजनाले बगरखोलामाथि ३० मिटर लामो बेलिब्रिज निर्माण गरेपछि आवतजावत गर्न सहज भएको छ । घ्याँसीखर्कमा अर्को बेलिब्रिज बनाउने तयारी भएको आयोजनाका प्रतिनिधि उपेन्द्र गौतमले बताए । कुल लागत पाँच अर्ब ९२ करोड लागत अनुमान गरिएको मंगले राहुघाटको आउटलेटदेखि ३५० मिटर तल रहेको विद्युत्गृहमा पानी खसालेर विद्युत् उत्पादन गरिनेछ । राहुघाट मंगलेकोको विद्युत्गृहबाट निस्कने र बगरखोलाको पानी मिसाएर मलाङमै बाँध र राहुघाट जलविद्युत् आयोजनाको बाँधदेखि ५०० मिटरमाथि विद्युत्गृह बनाउने गरी अर्काे माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको पनि निर्माण शुरू भएको हो । विद्युत्गृह र अडिट निर्माणस्थल पुग्ने पहुँचमार्ग निर्माण गरिएको छ । विद्युत्गृह निर्माणस्थल नजिकै राहुघाट नदीमाथि ६९ मिटर लामो बेलिब्रिज निर्माण गरिएको छ । आयोजना निर्माणमा आवश्यक विष्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि रघुगंगा–७ स्थित चिमखोलामा नेपाली सेनाको क्याम्प तथा प्रहरीको चौकी स्थापना गरिएको छ । उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगंगा–३ अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेशनदेखि चिमखोलासम्म २०० केभी क्षमताको १३ किलोमिटर दूरीको प्रसारण लाइन बनाउन वातावरणीय परीक्षणको प्रक्रियामा रहेको छ । राहुघाट नदीको सहायक ठूलो खोलामा संयुक्त ऊर्जा प्रालिले २१ दशमलव तीन मेगावाट क्षमताको ठूलो खोला जलविद्युत् आयोजना निर्माण थालिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । राहुघाटको ३५ प्रतिशत पूर्वाधार निर्माण सकिएको छ । रासस

सम्बन्धित सामग्री

संरक्षण क्षेत्रभित्रै जलविद्युत् आयोजना

चामे- हिमाली जिल्ला मनाङमा पहिलो पटक राष्ट्रिय प्रशारण लाइनमा जोडिने गरी जलविद्युत् आयोजना निर्माण हुँदैछ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रमा नै एक सय ३५ मेगावट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । गत मङ्गलबार बसेको मन्त्रिपरिषद्को जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि वन क्षेत्रको जग्गा दिने निर्णय भएको आयोजनाका प्रबन्धक […]

दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने

गोरखा, २९ भदौ । गोरखा नगरपालिका–१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।  दुई अर्ब १९ करोड ९५ लाखको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा दरौँदी नदीमा नौ दशमलव ८४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष डा. डम्बरबहादुर नेपालीले जानकारी दिए […]

कर्णालीका जलविद्युत् आयोजना : धेरै अध्ययनकै चरणमा

सुर्खेत, साउन ३। भेरी–१ मा लगानी गर्न गेजुवा तयार रहेको छ । कर्णाली प्रदेशमा २७० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीले चासो देखाएको छ । जाजरकोट र रुकुमको सिमानामा प्रस्तावित अर्धजलाशययुक्त भेरी–१ जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ निर्माण कम्पनी गेजुवा ग्रुपले उत्पादन अनुमति मागेको हो । उक्त कम्पनीले यसअघि आयोजनाको अध्ययन गरिसकेको छ […]

नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोसी

नेपालमा सञ्चालित जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजना हो । उक्त आयोजनाको कुल उत्पादन क्षमता ४५६ मेगावाट रहेको छ, नेपालमा सञ्चालित अन्य जलविद्युत् आयोजनाको क्षमता योभन्दा कम...

सिन्धुपाल्चोकमा बन्द भए लघु जलविद्युत् आयोजना

कुनै बेला सिन्धुपाल्चोकको हिमाली बस्तीका लागि वरदान साबित भएका लघु जलविद्युत् आयोजना बन्द भएका छन् । राष्ट्रिय प्रसारण लाइन पुगेपछि रु २५ लाखको लागतमा निर्माण गरिएको इन्द्रावती गाउँपालिका–३ कुञ्चोकमा रहेको २० किलोवाट क्षमताको झ्याँडीखोला लघु जलविद्युत् आयोजना उपभोक्ताले १० वर्षदेखि बन्द गराएका छन् । आयोजनाको तार पोल स्थानीयले भागबण्डा गरेर राष्ट्रिय प्रसारण लाइनमा प्रयोग गरेको स्थानीय टङ्क गिरीले बताए ।पाँचपोखरी थाङपाल गाउँपालिका–८ थाङपालधापमा निर्मित जिल्लाकै पहिलो २७ किलोवाटको हाँड

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न कम्पनी दर्ता

सरकारले १२ सय मेगावाटको जलायशयुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न बुढीगण्डकी जलविद्युत् पब्लिक लिमिटेड कम्पनी दर्ता गरेको छ।...

पहिरोबाट म्याग्दीका सात जलविद्युत् आयोजना प्रभावित

पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन् । रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण प्रभावित बनेको हो । अर्बौ लगानीमा निर्माणाधीन आयोजनाको काम नियमित नहुँदा निर्माण अवधि लम्बिने र लागत बढ्ने देखिएको छ । जिल्लामा तीन सय ५३ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणाधिन छन् । जलविद्युत् …

पहिरोबाट सात जलविद्युत् आयोजना प्रभावित

रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण प्रभावित बनेको हो।...

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना सुरु

ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु गरिएको छ । जिल्लाको पूर्वी सिरिजङ्घा गाउँपालिका भई बग्ने काबेली खोलाबाट उक्त जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको हो । सिरिजङ्घा–७ खेबाङ र वडा नं ८ याम्फुदिनको सिमाना भई बग्ने काबेली खोलाबाट १३।५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्नेगरी स्नो रिभर्स प्रालिले सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी थालेको हो । आयोजना निर्माणको तयारी थालेसँगै स्नो रिभर्स प्रालिले तयार पारेको आयोजनाक

ठूला जलविद्युत् आयोजना अगाडि बढाइँदै

काठमाडौं, भदौ २०। नेपाल विद्युत् प्राधिकरणले मुलुकको विद्युत् माग र आपूर्ति व्यवस्थापनलाई सन्तुलन कायम गर्न ठूला जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता साथ अगाडि बढाउने भएको छ । प्राधिकरणले ८ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त र १ हजार ६१ मेगावाटको माथिल्लो अरूण तथा २ सय १० मेगावाटको चैनपुर सेती अर्धजलाशययुक्त जलविद्युत् आयोजनाहरू एक साथ […]