अल जजिरा। श्रीलङ्काली प्रहरीले सन् २०१९ मा भएको इस्टर सन्डे हमलामा संलग्न भएको आरोपमा मुस्लिम पार्टीका नेता तथा सांसद् रिशाद बाथ्युद्दीनलाई शनिबार पक्राउ गरेको छ। उनीसँगै उनका भाइ रियाजलाई पनि कोलोम्बोबाट पक्राउ गरिएको छ। २७९ जनाको ज्यान गएको उक्त हमलाको केही दिनमै प्रहरीले झण्डै २०० जनालाई पक्राउ गरे पनि थप कारवाही भने भएको छैन।