काठमाडौं। शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा कांग्रेस सांसद सुनिल शर्मालाई सिआईबीले पक्राउ गरेको छ। प्रतिनिधिसभा गठन भएको ८ महिनामा तीनजना सांसद पक्राउ परेका छन् भने एकजना निलम्वनमा र एकजना अझै फरार छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको भ्रष्टाचारविरोधी अभियानले भ्रष्ट र तस्करहरू आत्तिएको जिकिर गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले जातीय विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताएका छन्।