नेपाली कफी तथा चियाले ‘कलेक्टिभ मार्क’ पाएको छ । राष्ट्रिय कफी दिवसका अवसरमा उसले त्यो लोगो सार्वजनिक गरेको छ । अब नेपालमा उत्पादन तथा निर्यात हुने कफी ‘नेपाल कफी’ को नाम र लोगोमा हुनेछ । ढिलै गरी भए पनि नेपालमा कफीको विकासका लागि यो सुखद खबर हो । तर, यसअघि नै ट्रेडमार्क वा कलेक्टिभ मार्क लिनुपर्ने अन्य उत्पादनले अझै त्यस किसिमको प्रयास गरेका छैनन् ।
आफ्नो ब्राण्डबाट नेपाली चिया तथा कफी निर्यात हुन नसक्दा नेपालले यसबाट लिन सक्ने लाभ लिन सकेको छैन । अहिले नेपालबाट निर्यात हुने चियामध्ये अधिकांश भारतमा सस्तो मूल्यमा निर्यात हन्छ । ‘नेपाल टी’ का नाममा नेपाली चियाको ट्रेडमार्क दर्ता छ । तर, विदेशमा यसको प्रवर्द्धन हुन नसक्दा नेपाली चियाले लाभ लिन नसकेको हो । नेपालबाट वार्षिक १ सय २० टनको हाराहारीमा कफी निर्यात भइरहेको छ । तर, निर्यात हुने मुलुकमा यसको अझ प्रवर्द्धन हुन जरुरी छ ।
(सम्पादकीयबाट)
वर्ष ६, अंक ६० शुक्रवार, ३, मंसिर २०६७