किशोरकिशोरी र प्रजनन स्वास्थ्य

केही समयअघि बाजुरा, कैलाली, दाङ, सिन्धुपाल्चोक, पाँचथर, डोटी, कपिलवस्तु, कालीकोट र अछामका साथीहरूले त्यहाँका किशोरकिशोरीसँग छलफल गरेर निस्केका तथ्य प्रस्तुत गर्नुभयो । उहाँहरूको प्रस्तुति सुन्दा हाम्रा किशोरकिशोरी अघि बढेका हुन् कि पछि फर्केका भन्नेमा अलमल भयो ।

सम्बन्धित सामग्री

व्यवहारमा छैन अपांगता तथा किशोरमैत्री

सुरक्षित गर्भपतन, मातृत्व तथा प्रजनन अधिकार सेवा विवाहपूर्व र विवाहपछिका किशोरकिशोरी दुवैको लागि भए पनि स्वास्थ्य संस्थामा उनीहरूमैत्री व्यवस्थापन छैन।...

लैङ्गिक हिंसा अन्त्यका लागि बृहत् यौनिकता शिक्षा

बझाङ,केदारेस्यु गाउँपालिका छाटोस्थित नमूना भैरव माविमा पछिल्ला वर्षमा छात्रा अनुपस्थितको दर शून्यमा झरेको छ । आठसय विद्यार्थी अध्ययनरत सो विद्यालयमा छात्रा सङ्ख्या चारसय माथि छ । विद्यालय व्यवस्थापन समितिक अध्यक्ष समितराज गिरीले भन्नुभयो,“महिनावारी हुँदा छात्रा विद्यालय आउँछन् । विद्यालयले नै स्यानिटरी प्याड वितरण गर्दछ । यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी पाठ कक्षामा पढाइ हुँदा कक्षा छाड्दैनन् । आफूलाई आइपरेका समस्या साथी तथा शिक्षकसँग खुलेर राख्दछन् ।” जिल्लामा पहिलो पटक सो विद्यालयले संयुक्त राष्ट्र सङ् जनसङ्ख्या कोष ९युएनएफपीए०को आर्थिक एवं प्राविधिक सहयोगमा किशोरकिशोरी मैत्री सूचना केन्द्र सञ्चालनमा ल्याएको थियो । “किशोरकिशोरीले कक्षाकोठामा नसिकेका यौन तथा प्रजनन स्वास्थ्य र बृहत् यौनिकता शिक्षासम्बन्धी सूचना तथा जानकारी त्यहाँ राखिएका रुपान्तरण पुस्तिकामार्फत सिक्दछन् ।” उहाँले भन्नुभयो ।