पछिल्लो समय आधुनिक जीवनशैली र इन्टरनेटका कारण बालबालिकादेखि किशोर अवस्था उमेरका व्यक्तिहरु निस्क्रिय बन्दै गएको एक अध्ययनले देखाएको छ। हालै विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले गरेको अध्ययनबाट यो तथ्य सार्वजनिक भएको हो।
विश्वका किशोरकिशोरी कति सक्रिय छन् भनी डब्लुएचओले अध्ययन गरेको थियो। जसमा सबैभन्दा अल्छी दक्षिण कोरियाको किशोरकिशोरी भएको देखाएको छ।