रुपन्देही-१ को प्रदेश सभामा कांग्रेसका रज्जाक र राप्रपाका चौधरी निर्वाचित

रुपन्देही - रुपन्देही क्षेत्र नम्बर १ का प्रदेश सभातर्फ नेपाली कांग्रेस र राप्रपा विजयी भएका छन् । प्रदेश सभा १ मा राप्रपाका आशिषकुमार चौधरी १७ हजार ७८५ मतसहित विजयी हुनुभएको छ। नेपाली कांग्रेसका विश्वनाथ यादवले १४ हजार ६५१ मत ल्याउनु भएकाे छ। त्यही क्षेत्रको प्रदेश सभा २ मा नेपाली कांग्रेसका अब्दुल रज्जाक विजयी हुनुभएको छ। रज्जाकले १२ हजार १२१ मत ल्याउनु भएकाे छ । निकटतम् प्रतिस्पर्धी एमालेका दधिराम न्यौपानेले ११ हजार २१५ मत ल्याउनु भयो। रज्जाक कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ।

सम्बन्धित सामग्री

गृहमन्त्री खाणलाई हराउँदै रुपन्देही ३ मा राप्रपाका बाेहरा विजयी

काठमाण्डाै – प्रतिनिधि सभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा विजयी हुनुभएको छ । विजयी राप्रपाका बोहराले ३६ हजार ७ सय १७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेस नेता एवम् गृहन्त्री खाणले ३४ हजार ३६ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा बालकृष्ण खाण सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ भने बोहरा एमाले, राप्रपा र जसपाको तर्फबाट उम्मेदवार बन्नुभएको हो ।

रुपन्देही-३ मा राप्रपाका दीपक बोहराकाे अग्रता कायमै

काठमाण्डाै - रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहराकाे अग्रता कायमै छ । ३२ हजार ८ सय ४८ मतसहित उहाँ अगाडि हुनुहुन्छ । प्रतिस्पर्धी कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले ३१ हजार ६ मतसहित बोहरालाई पछ्याइरहनु भएको छ ।

रुपन्देही- ३ मा कांग्रेसका खाँडलाई पछि पार्दै राप्रपाका बाेहाेराले लिए अग्रता

काठमाडाैँ – रुपन्देही- ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवार दिपक बाेहाेराले अग्रता लिएका छन् । निरन्तर रुपमा अग्रता लिइरहेका सत्ता गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसका बालकृष्ण खाँडलाई पछि पार्दै राप्रपाका बाेहाेलाई अग्रता लिएका हुन् । ताजा मतपरिणाम अनुसार राप्रपाका बाेहराले २७ हजार ६३१ मत लिएका छन् भने उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका खाँणले २७ हजार १५८ मत […]

गृहमन्त्री खाण र राप्रपाका बोहराबीच को अगाडि ?

काठमाडौं, मंसिर ९ । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण ३६६ मतले पछाडि परेका छन् । शुक्रबार बिहानको पछिल्लो परिणामअनुसार राप्रपाका दीपक बोहराले गृहमन्त्री खाणलाई पछाडि पारेका हुन् । राप्रपाका बोहराले २५३५९ मतसहित अग्रता लिएका छन् । गृहमन्त्री खाणले २४९९३ मतसहित पच्छाइरहेका छन् । रुपन्देही-३ मा खाण र बोहराबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

रुपन्देही ३ मा खाणको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री बोहोरा दोस्रो नम्बरमा

रुपन्देही क्षेत्र नं ३ मा सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाणको अग्रता कायमै छ। उनलाई पछ्याउँदै पूर्व स्वास्थ्यमन्त्री राप्रपाका दीपक बोहोरा दोस्रो नम्बरमा छन्।

रुपन्देही ३ मा कांग्रेसका खाणलाई पछि पार्दै राप्रपाका बाेहराकाे अग्रता

रुपन्देही–रुपन्देही क्षेत्र नं ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पछि पार्र्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले अग्रता लिनुभएको छ । सहायक निर्वाचन अधिकृत शोभाखर खरेलका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ १० हजार ६ सय ४० मत गणना हुँदा गृहमन्त्री खाण दुई सय ५२ मतले पछाडि हुनुहुन्छ । राप्रपाका उम्मेदवार बोहरा चार हजार एक सय ७० मतका साथ अगाडि हुनुहुन्छ भने सत्ता गठबन्धनका उम्मेदवार खाण तीन हजार नौ सय १९ मत प्राप्त गरी दोस्रो स्थानमा हुनुहुन्छ ।  ...

रुपन्देही ३ मा गृहमन्त्री खाँणलाई राप्रपाका बोहोराले उछिने

राप्रपाका बोहोराले ४ हजार ४७० मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका गृहमन्त्री खाँणले ४ हजार ११९ मत पाएका छन् ।

रुपन्देही ३ मा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहोराको अग्रता

रुपन्देही क्षेत्र नं ३ मा पूर्व स्वास्थ्यमन्त्री राप्रपाका दीपक बोहोराले अग्रता लिएका छन्।

रुपन्देही–३ मा पछि परे गृहमन्त्री खाँण

६ मंसिर, रुपन्देही । रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाँण पछि परेका छन् । मंगलबार विहानसम्मको मतगणनामा राप्रपाका दीपक बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणले तीन हजार ९१९ मत पाएका छन् । गृहमन्त्री खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत […]

रुपन्देही–३ मा एमाले–राप्रपा–जसपाको १३० बुँदे प्रतिवद्धता

१८ कात्तिक, रुपन्देही । रुपन्देही–३ को प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रका लागि नेकपा एमाले, राप्रपा र जसपाको गठबन्धनले १३० बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । यहाँ प्रतिनिधिसभामा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा र प्रदेशसभामा जसपाका महेन्द्र यादव र एमालेका तुलसीप्रसाद चौधरी उम्मेदवार छन् । प्रतितवद्धता पत्रमा बेलहिया नाकालाई व्यवस्थित गर्न एकीकृत भन्सार जाँच […]